गाउँपालिका निर्वाचनमा एकमत मात्र ल्याउने पनि उम्मेदवार !

   गाउँपालिका निर्वाचनमा एकमत मात्र ल्याउने पनि उम्मेदवार !

अछाम : गत असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर आफ्नो मात्र मत प्राप्त गरेका एक उम्मेदवार प्रदेशसभा सदस्यका लागि पनि उम्मेदवार बनेका छन्। अछामको मेल्लेख गाउपालिकाको प्रमुख पदमा नेकपा क्रान्तिकारी माओवादी (बैद्य) समूहबाट उम्मेदवार बनेका कृष्णबहादुर खत्री आगामी निर्वाचनमा पनि प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका हुन्।

खत्रीले यस पटक पनि सोही पार्टीको तर्फबाट क्षेत्र नम्बर १ को प्रदेश नम्बर २ बाट प्रदेशसभा सदस्यमा मनोनयन दर्ता गराएका हुन्। गाउपालिकाको अध्यक्षको उम्मेदवार बन्दा खत्रीले समर्थक, प्रस्तावक त कता हो कता आफ्नै श्रीमतीकोसमेत मत प्राप्त गर्न सकेनन्।Image may contain: 1 person

गाउँपालिका अध्यक्षमा चुनाव लड्दा आफ्नो मात्र मत प्राप्त गरेका खत्रीलाई सो पार्टीले प्रदेशसभा सदस्यका लागि पनि उम्मेदवार बनाएको छ। समर्थक र प्रस्तावक नपाएपछि खत्रीले मत जता दिए पनि समर्थक र प्रस्तावक बसिदिनुपर्‍यो भनेर गाउँकै एक महिला र पुरुष ल्याएर समर्थक र प्रस्तावकल बताएका छन्।

अछाममा एक स्वतन्त्रसहित २३ को उम्मेदवारी


अछाममा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि एक स्वतन्त्रसहित २३ को उम्मेदवारी परेको छ। बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छ पदका लागि एक स्वतन्त्रसहित सात दलका २३ उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्। स्वतन्त्र उम्मेदवारी दिनेमा क्षेत्र नम्बर २ को प्रदेश नम्बर १ बाट कर्ण बहादुर बुढा रहेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर १ को एक प्रतिनिधिसभा सदस्यका लागि तीन जनाको उम्मेदवारी परेको छ। जसमा बाम गठबन्धनबाट एमाले उपाध्यक्ष भीमबहादुर रावल, नेपाली काँग्रेसबाट भरतकुमार स्वार र नेकपा क्रान्तिकारी माओवादी (बैद्य) बाट शिवसुन्दर शाहीले मनोनयन दर्ता गराएका छन्। यस्तै निर्वाचन क्षेत्र नम्वर २ मा प्रतिनिनिसभा सदस्यका लागि चारको उम्मेदवारी परेको छ। वाम गठबन्धनबाट यज्ञ वोगटी, कांग्रेसका तर्फबाट पूर्व पार्टी सभापती पुष्पवहादुर शाह, नेपाल मज्दुर किसान पार्टीबाट झंकरबहादुर शाही र नयाँ शक्ति पार्टीबाट तिर्थराज ढकालले मनोनयन दर्ता गराएका छन्।

यस्तै प्रदेश सभा निर्वाचनमा क्षेत्र नम्बर १ को १ मा कांगेसका तर्फबाट मेघराज खड्का, बाम गठवन्धनबा तर्फबाट गोविन्द कुवर, राप्रपा प्रजातान्त्रिकबाट भक्तबहादुर शाहीले मनोनयन दर्ता गराएका छन्। यस्तै २ नम्बर प्रदेश सभा सदस्यमा कांग्रेसका टेक वहादुर साउद, बाम गठवन्धनका झपट वोहरा, राप्रपा प्रजातान्त्रिकका जनकबहादुर शाह र नेकपा क्रान्तिकारी माओवादी (बैद्य समुह) का कृष्णबहादुर खत्रीले मनोनयन दर्ता गराएका छन्।

यस्तै निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश १ बाट नेपाली काँग्रेसले सुरतबहादुर बिष्ट, बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अक्कलबहादुर रावल, राप्रपा प्रजातान्त्रिकका रामबहादुर चलाउने, नेपाल मजदुर किसान पार्टीबाट पदमबहादुर बुढा, नेकपा मालेबाट दिलबहादुर बिष्टले मनोनयन दर्ता गराएका छन्। यस्तै प्रदेश नम्बर २ बाट नेपाली काँग्रेसले बलबहादुर कुँवर, बाम गठबन्धनका तर्फबाट एमालेका बलबहादुर सोडारी, राप्रपा प्रजातान्त्रिकबाट भरतकुमार शाहीको मनोनयन दर्ता भएको छ।

२३ उम्मेदवार मध्ये एक जना महिला उम्मेदवारको पनि मनोनयन परेको छैन। अछाममा ६४ हजार ७ सय ७६ पुरुष र ७२ हजार १ सय २५ महिला तथा २ तेस्रो लिंगी गरी १ लाख ३६ हजार ९ सय ३ जना मतदान प्रक्रियामा सहभागि हुदै छन। अछामको क्षेत्र नम्वर १ मा ५७ र २ मा ७२ गरि १२९ मतदान स्थल रहेको अछाममा १ सय ९७ मतदान केन्द्र रहेका छन। यस अधिको निर्वाचनमा १ सय ८५ मतदान केन्द्र रहेको अछाममा मतदाताको आधारमा १२ मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.