निर्वाचनको मुखमा चितवन पुगेर उपराष्ट्रपतिले भने : मतदानमा सबै सहभागी हुनुहोस्

निर्वाचनको मुखमा चितवन पुगेर उपराष्ट्रपतिले भने : मतदानमा सबै सहभागी हुनुहोस्

चितवन : उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सरकार र राजनीतिक दलको ध्यानाकर्षण गराएका छन्। निर्वाचनलाई महाउत्सवको रुपमा सम्पन्न गरेपछि संविधान कार्यान्वयन सुखद हुने उनको भनाइ छ।

 

चितवनको भरतपुरमा शुक्रबारबाट सुरु भएको पोल्ट्री तथा पशुपन्छी सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले जनतामा उत्साह थपेको बताए। ‘नयाँ संविधानको कार्यान्वयन अन्तिम चरणमा छ’, उपराष्ट्रपति पुनले भने, ‘यसलाई एउटा उत्सवको रुपमा सफल बनाउनुपर्छ।’ प्रतिनिधिसभा र संघीय निर्वाचनसंगै संविधानको कार्यान्वयन अन्तिम चरणमा पुगेको भन्दै उनले निर्वाचनलाई उत्सवको रुपमा सफल बनाउनुपर्नेमा जोड दिए।

‘संघीय र प्रदेशको निर्वाचनको मनोनयनको माहोलले जनतामा उत्साह छ भन्ने देखिएको छ’, उनले भने, ‘राजनीतिक दलको एजेण्डालाई मतदाताले भयरहित रुपमा छान्न पाउनुपर्छ।’ उनले निर्वाचनमा सहभागी भएर सार्वभौम मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह गरे।

राजनीतिक दलले आफ्ना एजेण्डा जनता सामू लागेको भन्दै त्यसलाई छनोट गर्ने अवसर आएको समेत उनले बताए। उनले आत्मनिर्भर बनेको पोल्ट्री व्यवसायलाई निर्यातमुखी बनाउनु पर्र्नेमा जोड दिएका छन्। प्रर्दशनीले पोल्ट्रीलाई अन्र्तराष्ट्रियकरण गर्न टेवापुग्ने विश्वास गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.