मतदाता शिक्षालाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह

मतदाता शिक्षालाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौंः प्रधानन्त्री शेरबहादुर देउवाले दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा अधिकतम सहभागिता हुने गरी मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयुक्तहरुलाई आग्रह गरेका छन्।

शुक्रबार प्रधानमन्त्री निवास बालुवटारमा भएको निर्वाचन आयुक्तहरुसँगको भेटमा प्रधानमन्त्रीले मताधिकार लोकतन्त्रमा सबैभन्दा महत्वपूर्ण विषय भएको भन्दै अधिकतम मत खस्ने र न्यून बदर हुने गरी व्यवस्थापन गर्न आग्रह गरेका हुन्।

 

‘मतदातालाई आफ्नो मताधिकारी स्वतन्त्र रुपमा प्रयोग गर्ने गरी वातावरण गर्नुहोस्' बैठकमा प्रधानमन्त्रीले आयुक्तहरुलाई भने, ‘भतदाता भ्रममा नपर्नेगरी मतदाता शिक्षा प्रभावकारी बनाउदै मत बदरलाई न्युन बनाउनेगरी व्यवस्थापन गर्नुहोस्।'

प्रधानमन्त्रीले निर्वाचनका लागि सरकारको तर्फबाट आवश्यक सबै सहयोग २४सै घण्टा गर्न आफू तयार रहेको पनि बताए। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनमा प्रधानमन्त्रीको सुरुदेखिको प्रतिवद्धताकै कारण तोकिएको समयमा सम्पन्न हुने भएको भन्दै धन्यवाद दिएका थिए।

प्रधानमन्त्रीज्युकै प्रतिवद्धताका कारण स्थानीय चुनाव सम्पन्न भयो र प्रदेश र प्रतिनिधिसभाको चुनाव सम्पन्न हुने भएको हो' डा.यादवले भने, ‘म निर्वाचन आयोगको तर्फबाट विषेश धन्यवाद दिन चाहन्छु ।'

आयोगका अन्य पदाधिकारीहरुले पनि प्रधानमन्त्रीले चुनावलाई अर्जुनदृष्टि बनाएकै कारण तोकिएको मितिमा चुनाव सम्पन्न हुने निश्चित भएको भन्दै सरकारको तर्फबाट पुर्ण सहयोग पाएको धारणा राखे। प्रधानमन्त्री देउवाले बोलाएको उक्त बैठकमा प्रमुख आयुक्त यादव, आयुक्तहरु इश्वरी पौडेल, ईला शर्मा, सुधिरकुमार शाह, र निर्वाचन आयोगका सचिव बेगेन्द्र शर्मा सहभागि थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.