भूमिगत समुहका चारजना पक्राउ
जनकपुरधाम: विभिन्न अपराधिक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। बिहीबार धनुषा प्रहरीले कमला नगरपालिका ७ बस्ने ३२ वर्षीय विजय महतोलाई पक्राउ गरेको छ।
आफूलाई तराई राष्ट्रिय जनतान्त्रिक पार्टीको सैन्य कमाण्डर बताउने र सिरहाको मिर्चैयामा माओवादी नेता लालु खानलाई गोली हानी घाइते बनाएर फरार अभियुक्त महतोलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीविरुद्ध ज्यान मार्ने उद्योग तथा संगठित अपराधमा संलग्न भएको अभियोग लगाइएको छ।
त्यस्तै विभिन्न मितिमा तराई राष्ट्रिय जनतान्त्रिक पार्टीका संलग्न अन्य तीनजनालाई पनि प्रहरीले पक्राउ गरि मुद्दा चलाएको हो। पक्राउ पर्नेहरुमा ठाडीझिजा ४ निवासी ३५ वर्षीय प्रमोद ठाकुर, कमला नगरपालिका ७ निवासी २४ वर्षीय विष्णुदेव सहनी, सोही स्थानका दिपकुमार महतो र २० वर्षीय छोटकन ठाकुर रहेको प्रहरीले जनाएको छ।