'निर्वाचनलगत्तै एमाले-माओवादी एक हुन्छ'

'निर्वाचनलगत्तै एमाले-माओवादी एक हुन्छ'

काठमाडौँ: नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एमाले र नेकपा (माओवादी केन्द्र)बीच निर्वाचन सकिएलगत्तै एकता हुने बताएका छन्।

एमाले टोखा- २ र ३ ले आज आयोजना गरेको कार्यकर्ता भेलामा उनले दुई पार्टी एक गर्न नै वाम गठबन्धन गरिएको जानकारी दिए। काठमाडौं क्षेत्र नं ५ बाट एमालेतर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवारसमेत रहेका पोखरेलले उम्मेदवारी दर्ताका क्रममा देखिएको उत्साहले वाम गठबन्धनले दुई तिहाइ ल्याउने जीकिरसमेत गरे।

“हामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दुई तिहाइ ल्याएर सरकार बनाउँछौँ”, उनले भने, “अनि त्यो स्थिर सरकार भएपछि देशको कायापलट गर्छौं ।” उनले टिकट वितरणमा केही असन्तुष्टि देखिए पनि मिलाएर लैजाने बताए।

“वाम गठबन्धन गर्दा सबैको चित्त बुझाउन सकिएन”, उनले थपे “देश बनाउनका लागि गठबन्धन गरेको हुनाले सानातिना कुरामा चित्त दुखाउन हुँदैन।” कार्यक्रममा सोही निर्वाचन क्षेत्रका प्रदेशसभा ‘ख' का उम्मेदवार दीपक निरौलाले वाम गठबन्धनले देशव्यापी रुपमा सजिलै जित्ने जिकिर गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.