खोइ महिला प्रतिनिधित्व ? प्रदेश ६ र ७ मा शून्य ! (विवरण हेर्नुहोस्)

खोइ महिला प्रतिनिधित्व ? प्रदेश ६ र ७ मा शून्य ! (विवरण हेर्नुहोस्)

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि बिहीबार भएको उम्मेदवारी दर्तामा महिला उपस्थिति अत्यन्त कमजोर देखिएको छ। प्रमुख प्रतिद्वन्द्वी एमाले–माओवादी केन्द्र र कांग्रेस नेतृत्वको दुई अलग–अलग गठबन्धनका उम्मेदवारको सूची नियाल्दा महिला उम्मेदवार पाँच प्रतिशतभन्दा पनि कम छन्। वाम–गठबन्धन र कांग्रेसले संघीय संसद् र प्रदेश संसद्मा गरी ७०१ जना उम्मेदवार उठाएका छन्, जसमा ३२ मात्रै महिला छन्। यस हिसाबले प्रत्यक्ष प्रतिस्पर्धामा उत्रने महिलाको हिस्सा जम्मा ४.५६ प्रतिशत हुन आउँछ।

 

प्रतिनिधिसभामा कांग्रेस र वाम गठबन्धनले जम्मा २४५ उम्मेदवार उठाएकाका छन्। त्यसमध्ये महिला १६ जना छन्। यो संख्या प्रतिशतका हिसाबले हेर्दा ६.५३ मात्र हो। त्यस्तै, प्रदेशसभाका ४५६ उम्मेदवारमध्ये १६ मात्र महिला छन्। यो उपस्थिति दुई मुख्य प्रतिस्पर्धी गठबन्धनका उम्मेद्वारको करिब ३.५० प्रतिशत मात्र हो। महिला उम्मेदवार उठाउनेमा वाम–गठबन्धन कांग्रेसभन्दा अगाडि छ।

वाम–गठबन्धनले प्रतिनिधिसभातर्फ नौ र प्रदेश सभातर्फ १५ महिला उम्मेदवार उठाएको छ। कांग्रेसले भने प्रतिनिधिसभातर्फ सात र प्रदेशसभातर्फ एक जनामात्रै महिला उम्मेदवार उठाएको छ। प्रदेश सभामा उठाइएकी एक्ली कांग्रेस महिला उम्मेदवार कास्की ३ ‘क’ की शारदा पौडेल हुन्।

शून्य प्रदेश
वाम गठबन्धन र कांग्रेसको उम्मेद्वार हेर्दा प्रदेश नम्बर ६ महिला शून्य प्रदेश हुन पुगेको छ। दुवैले संघीय र प्रदेश संसद्का लागि यो प्रदेशबाट महिला उम्मेदवार उठाएका छैनन्। प्रदेशसभातर्फ हेर्दा प्रदेश नम्बर ६ र ७ महिला उम्मेद्वार शुन्य प्रदेश हुन पुगेका छन्, वाम गठबन्धन र कांग्रेसतर्फबाट।

उता प्रतिनिधिसभातर्फ प्रदेश नम्बर ४ र ६ मा कांग्रेसले एक जना पनि महिलालाई उठाएको छैन। कांग्रेसले प्रदेशसभातर्फ प्रदेश ४ बाहेक कुनैमा पनि एकजना महिलालाई पनि उम्मेद्वार बनाएन। वामगठबन्धन प्रदेशसभाका लागि ६ र ७ नम्बरमा महिला उम्मेद्वार शून्य छ।

प्रतिनिधिसभातर्फ सबैभन्दा बढी महिला उम्मेदवार पाउने प्रदेश नम्बर १ र ७ हुन्। प्रदेश १ मा वाम गठबन्धनका तीन र कांग्रेसका एक गरी जम्मा चार जना महिला प्रत्यक्ष प्रतिस्पर्धामा उठेका छन्। प्रदेश नम्बर ७ मा वाम गठबन्धनका दुई र काँग्रेसका दुई गरी जम्मा चार महिला उठेका छन्।

प्रदेश सभातर्फ सबैभन्दा बढी महिला उम्मेदवार पाउने प्रदेश ३ हुन पुगेको छ। उक्त प्रदेशमा वाम गठबन्धनले पाँच महिला उम्मेदवार उठाएका छन्। महिला उम्मेदवारमा अष्टलक्ष्मी शाक्य, डा. आरजु राणा देउवा, दुर्गा पौडेल, पम्फा भुसालजस्ता चर्चित अनुहार पनि छन्। एमाले उपाध्यक्ष अष्टलक्ष्मी काठमाडौं ८ ‘ख’बाट प्रदेशसभाको उम्मेदवार हुन्। उनलाई प्रदेश ३ को संभावित मुख्यमन्त्रीका रूपमा अनुमान गर्न थालिएको छ।

डा. आरजु कैलाली–५ बाट प्रतिनिधिसभाकी उम्मेदवार हुन्। राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल प्रतिनिधिसभाका लागि प्युठानकी उम्मेदवार हुन्। त्यस्तै माओवादी प्रवक्तासमेत रहेकी पम्फा ललितपुर–३ बाट प्रतिनिधिसभामा उठेकी छिन्।

कैलाली–१ मा प्रतिनिधिसभा सदस्यका लागि महिला उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुने भएको छ। सो क्षेत्रमा कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र वाम–गठबन्धनबाट एमालेकी मदनकुमारी (गरिमा) शाहले उम्मेदवारी दिएका छन्। दुवै यसअघि समानुपातिक सभासद् थिए।

केन्द्रमा १० प्रतिशत मात्रै महिला !

(विस्तृत तालिकामा )

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.