ताप्लेजुङमा योगेश भट्टराई र केशव दाहालको प्रतिस्पर्धा : यस्तो छ अंकगणित

ताप्लेजुङमा योगेश भट्टराई र केशव दाहालको प्रतिस्पर्धा : यस्तो छ अंकगणित

ताप्लेजुङ : मंसिर १० गते हुने संघ र प्रदेशको निर्वाचनमा ताप्लेजुङमा मुख्य प्रतिस्पर्धा वाम गठबन्धन र नेपाली कांग्रेसबीच हुने देखिएको छ। एक निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभामा ८ र दुई निर्वाचन क्षेत्र रहेको प्रदेश सभामा १५ जना उम्मेदवार चुनावी मैदानमा रहे पनि चर्चामा एमाले-माओवादी र कांग्रेसका उम्मेदवार छन्। प्रतिनिधिसभामा एमाले सचिव योगेश भट्टराई र कांग्रेस पूर्व जिल्ला सभापती केशवप्रसाद दाहालबीचको प्रतिस्पर्धा रोचक बनेको छ।

 

भट्टराई २०६४ र २०७० को संविधानसभा चुनावमा काठमाडौबाट पराजित भएपछि ताप्लेजुङ आएका हुन् भने दाहाल असारमा भएको स्थानीय तहको चुनावमा फुङलिङ नगरपालिकाको मेयरमा पराजित भएका थिए। यी दुवैलाई जितका लागि पछिल्लो चार वर्षमा थपिएका नयाँ मतदाता निर्णायक देखिएका छन्।

७८ हजार ३ सय ९७ मतदाता रहेको ताप्लेजुङमा गएको स्थानीय तहको चुनावपछि सात हजार ६ सय १८ जना मतदाता थपिएका छन्। २०७० सालको संविधानसभा निर्वाचन भन्दा १९ हजार ५ सय ८८ मतदाता थपिएका छन्।

२०७० सालको संविधान सभाको निर्वाचनमा क्षेत्र १ मा ३२ हजार ९ सय ५० मतदाता रहेको यहाँको क्षेत्र २ मा २५ हजार ८ सय ५९ मतदाता थिए। अहिले यी क्षेत्रको मतदाता संख्या क्रमश ४३ हजार ५३६ र ३४ हजार ८६१ पुगेको छ।

२०७० मा संसदीय क्षेत्र रहेका २ स्थान अहिले प्रदेश सभाका लागि संसदीय क्षेत्र कायम भएका छन्। यसरी हेर्दा क्षेत्र१ मा २०७० साल भन्दा अहिलेको निर्वाचनका लागि १० हजार ५८६ जना तथा क्षेत्र २ मा ९ हजार २ जना मतदाता थपिएका छन्।

२०७० सालको संविधान सभाको निर्वाचनमा दुबै क्षेत्रमा विजयी एमालेले क्षेत्र १ मा ७ हजार ४३४ र क्षेत्र नं २ मा ७ हजार ३४ मत गरी कुल १४ हजार ४६८ मत पाएको थियो। दुबै क्षेत्रमा निकटतम् प्रतिद्वन्द्वी रहको कांग्रेसले क्षेत्र १ मा ७ हजार २९५ तथा क्षेत्र २ मा ४ हजार ८७४ मत गरी १२ हजार १६९ मत पाएको थियो।

त्यसबेलाको निर्वाचनमा दुबै क्षेत्रमा तेस्रो प्रतिस्पर्धी रहेको माओवादी केन्द्रले क्षेत्र १ मा ६ हजार २७९ र क्षेत्र २ मा ४ हजार ५५७ मत गरी कुल १० हजार ८३६ मत पाएको थियो। गएको स्थानीय तहको निर्वाचनमा नगरपालिकासहित ४ वटा स्थानीय तहमा कांग्रेस र माओवादी, एउटामा कांग्रेस र राप्रपा, एउटामा एमाले र संघीय लिम्बूवान मञ्च तथा एउटामा माओवादी केन्द्र र लिम्बूवान मञ्चबीच चुनावी तालमेल भएको थियो। असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नगरपालिकासहितका ५ स्थानीय तहको प्रमुख पद र ५ उपप्रमुखमा एमाले विजयी बनेको थियो। ४ प्रमुख र २ उपप्रमुखमा कांग्रेस तथा २ उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए।

ताप्लेजुङमा प्रतिनिधिसभामा एमाले-माओवादी गठबन्धनसँगै कांग्रेस, संघीय समाजवादी फोरम,राष्ट्रिय प्रजातन्त्रवादी (राष्ट्रवादी), राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नयाँ शक्ति पार्टी र मंगोल नेस्नल अर्गनाइजेसनका उम्मेदवार चुनावी मैदानमा छन्। प्रदेशसभाको क्षेत्र १ मा एमाले-माओवादी केन्द्रको गठबन्धनबाट एमाले जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङ र कांग्रेसबाट जिल्ला सभापति लिलादेवी बोखिमसहित सात उम्मेदवार चुनावी मैदानमा छन्।

क्षेत्र नं २ मा एमाले-माओवादी केन्द्रको गठबन्धनबाट माओवादी केन्द्रका सचिवालय सदस्य पूर्व अन्तरिक विधायक टंक आङबुहाङ् र नेपाली कांग्रेसका महासमिति सदस्य तथा जिल्ला विकास समितिका पूर्वसभापति दीपेन्द्र सेन्दाङसहित ८ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। यहाँ ७३ मतदान स्थल र १ सय १४ मतदान केन्द्र छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.