पूर्वमन्त्रीसहित नौ निवर्तमान सांसद चुनावी मैदानमा

पूर्वमन्त्रीसहित नौ निवर्तमान सांसद चुनावी मैदानमा

राजविराज: यही मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीमा एक पूर्वमन्त्रीसहित नौ निवर्तमान सांसदले उम्मेदवारी दर्ता गराएका छन्।

 

जिल्ला मुख्य निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यका लागि पूर्वमन्त्रीसहित छ र प्रदेशसभा सदस्यका लागि तीन जना निवर्तमान सांसदले उम्मेदवारी दर्ता गराएका छन्। सप्तरी क्षेत्र नं १ बाट वाम गठबन्धनका तर्फबाट नेकपा(माओवादी केन्द्र)का अशोक मण्डल, सोही क्षेत्रको प्रदेशसभा सदस्य १ (क)बाट नेपाली कांग्रेसका तर्फबाट डा सुबोध पोखरेल र वाम गठबन्धनका तर्फबाट नेकपा(एमाले)का सत्यनारायण मण्डलले उम्मेदवारी दिएका छन्।

क्षेत्र नं २ बाट वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पूर्वसिंचाइमन्त्री उमेशकुमार यादव, फोरम-राजपा गठबन्धनबाट सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र कांग्रेसका तर्फबाट सकलदेव सुतिहारले उम्मेदवारी दिएका छन्। सोही क्षेत्रको प्रदेशसभा सदस्य १(क)बाट कांग्रेसका रञ्जित कर्णले समेत उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी क्षेत्र नं ३ बाट वाम गठबन्धनका तर्फबाट एमालेका ताराकान्त चौधरी र क्षेत्र नं ४ बाट कांग्रेसका तर्फबाट वर्तमान युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले उम्मेदवारी दिएका छन्। यता प्रतिनिधिसभा सदस्यका लागि सप्तरी क्षेत्र नं २ मा समाजवादी फोरमका अध्यक्ष यादवले उम्मेदवारी दिए पनि सो क्षेत्रमा राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.