विप्लवको पार्टीले कांग्रेस उम्मेदवारको घर कब्जा गर्‍यो

विप्लवको पार्टीले कांग्रेस उम्मेदवारको घर कब्जा गर्‍यो

विप्लप माओवादीले शुक्रबार कार्कीको घर कब्जापछि निकालेको विज्ञप्ती । तस्बिर : अन्नपूर्ण

भोजपुुर : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले नेपाली कांग्रेसका उम्मेदवारको घर कब्जा गरेको सूचना टाँसेको छ ।आसन्न प्रदेश सभा निर्वाचनका भोजपुर क्षेत्र ‘ख’बाट लोकतान्त्रिक गठबन्धन तर्फका नेपाली कांग्रेसका प्रत्यक्ष उम्मेदवार गोविन्द कार्कीको घरमा शुक्रबार साँझ पाँच बजेतिर विज्ञप्ति निकालेर कब्जा गरेको घोषणा गरेको हो ।

 

पार्टीले कार्कीलाई चुनावबाट उम्मेदवारी फिर्ता गर्न भनिए पनि अनुरोधलाई अस्वीकार गरेको भन्दै भोजपुर नगरपालिका १२, टक्सारस्थित कार्कीको घर कब्जा गरेको जनाएको छ । माओवादीले कार्कीलाई बारम्बार उम्मेदवारी फिर्ता गर्न अनुरोध गरेको तर उनले वास्ता गरेकोले कब्जा गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ । यता प्रदेश सभा निर्वाचनमा भोजपुर (ख) उम्मेदवारी दिएका कार्कीलाई यस विषयमा कुनै जानकारी नभएको बताए ।

कार्कीको घरमा झण्डा मात्र गाडेको र कब्जा बारे कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक गीतनारायण चौधरीले बताए । घर कब्जाको बारेमा प्रहरीलाई कुनै विस्तृत जानकारी नभएको र झण्डा गाडीएको मात्र जानकारीमा आएको बताएको छ ।
पार्टीले द्वन्द्वकालीन समयमा तात्कालीन नेकपा माओवादीले कब्जा गरेपछि कार्की काठमाडौँ बस्दै आएका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.