प्रदेश ३  मा केन्द्रकै झल्को

प्रदेश ३  मा केन्द्रकै झल्को

काठमाडौं : पूर्वमन्त्री तथा दर्जनौं पूर्वसांसदहरूको रोजाइ प्रदेशसभा बनेपछि ३ नम्बर प्रदेशसभाले केन्द्रीय संसद्कै झल्को दिने देखिएको छ । संसदीय अभ्यासमा अभ्यस्त एमालेका पूर्वप्रमुख सचेतक राजेन्द्र पाण्डेदेखि माओवादी केन्द्र र कांग्रेसका दर्जनौं सांसद ३ नम्बर प्रदेशसभातर्फ उम्मेदवार बनेका छन् ।प्रदेशसभामा ‘हेभीवेट' को बाढी लागेपछि यो प्रदेशको भावी मुख्यमन्त्रीबारे अनेक अड्कल काटिन थालेको छ ।

 पूर्वमन्त्री एवं एमाले नेता पाण्डे ०४८ सालदेखि (०६४ को संविधानसभा) बाहेक संसदीय भूमिकामा सक्रिय छन् । एमालेको प्रमुख सचेतकसमेत बनिसकेका पाण्डेलाई ३ नम्बर प्रदेशमा एमालेको भावी मुख्यमन्त्रीका रूपमा समेत चर्चा गर्न थालिएको छ । तर, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्य पशुपति चौलागार्इं, सानु श्रेष्ठ पनि प्रदेशसभाको उम्मेदवार बनेकाले एमालेले मुख्यमन्त्री कसलाई बनाउँछ भनेर सहज अनुमान लगाउन गाह्रो छ ।

काठमाडौं ९ बाट उपाध्यक्ष शाक्य उम्मेदवार बन्ने चर्चा चले पनि शाक्यले अन्तिम समयमा प्रदेशसभामा जाने निर्णय गरेकी थिइन् । दोलखाबाट प्रदेशसभामा उम्मेदवार बनेका चौलागार्इं र काठमाडौंबाट उम्मेदवार बनेका श्रेष्ठ पनि भावी मुख्यमन्त्रीको चर्चामा छन् । ‘प्रतिनिधिसभा जत्तिकै प्रदेशसभालाई हामी संसदीय अभ्यासको राम्रो स्थल बनाउनेछौं,' एमाले नेता पाण्डेले भने, ‘३ नम्बर प्रदेशको विकास निर्माणका लागि नीति र योजना बनाउने तथा कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका हुनेछ । जनताले संघीयताको वास्तविक अनुभव र उपभोगको उदाहरणीय काम गर्ने अठोट छ ।'

स्थानीय निर्वाचनमा ३ नम्बर प्रदेशमा एमालेको पक्षमा राम्रो नतिजा आएको र माओवादीसँगको गठबन्धनपछि ३ नम्बर प्रदेशमा एमालेको पक्षमा नतिजा आउने भन्दै प्रदेशसभामा गएका सबै ‘हेभीवेट'लाई मुख्यमन्त्री भन्दै उनीहरू निकटले चर्चा चलाउन थालेका छन् । काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापित पनि काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ६ (क) को प्रदेशसभामा एमालेका तर्फबाट उम्मेदवार बनेकाले मुख्यमन्त्रीको भीडमा स्थापित पनि चर्चामा छन्।

कांग्रेसका तर्फबाट पूर्वराज्यमन्त्री कञ्चनचन्द्र वादे काभ्रे र पूर्वसांसद राज्यलक्ष्मी श्रेष्ठ काठमाडौंबाट प्रदेशसभाका उम्मेदवार बनेका छन् । संसद्को अनुभव र अभ्यासका कारण कांग्रेसले यी दुईमध्ये एक जनालाई प्रदेशको मुख्यमन्त्रीका रूपमा अघि सार्न सक्ने अनुमान गरिएको छ । ‘केन्द्रीय संसद्ले नीति बनाउने हो । तर, त्यसको वास्तविक कार्यान्वयन गर्ने काम प्रदेशको हुनेछ', कांग्रेसका वादेले भने, ‘३ नम्बरको विकासका लागि प्रदेशसभाको महत्व दर्शाउनेछौं ।'

माओवादी केन्द्रका अधिकांश पूर्वसांसद प्रदेशसभाको उम्मेदवार बनेका छन् । कृषिराज्यमन्त्री एवं माओवादी केन्द्रकी पूर्वसांसद राधिका तामाङ नुवाकोटबाट प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बनेकी छन् । ‘एकताका मजदुर नेताका रूपमा तहल्का मच्चाएका' माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेल पनि धादिङबाट प्रदेशसभाको उम्मेदवार बनेका छन् । माओवादी केन्द्रका पूर्वसांसद कुमारी मोक्तान मकवानपुरको १ नम्बर क्षेत्रको (क) र राजकाजी महर्जन ललितपुरको ३ नम्बरको (क) बाट प्रदेशसभाका लागि उम्मेदवार बनेका छन् ।

माओवादी केन्द्रकी निवर्तमान सांसद तामाङ पनि प्रदेशसभामा खारिएका व्यक्तिहरूको उपस्थितिले प्रदेशसभाको गरिमा उचो हुने बताउँछिन् । एमालेका निवर्तमान सांसदद्वय रामेश्वर फुँयाल काठमाडौं ३ को (ख) तथा राजाराम स्याङतान मकवानपुर २ नम्बर क्षेत्रको (ख) बाट उम्मेदवार बनेका छन् । फुँयाल र स्याङतानले ०७० को संविधानसभामा प्रत्यक्षतर्फ जितेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.