बागीको मारमा शीर्ष नेता

बागीको मारमा शीर्ष नेता

काठमाडौं : प्रजातन्त्र पुनःस्थापनायताको २६ वर्षमा प्रतिनिधिसभा, संविधानसभा, स्थानीय निकाय, स्थानीय तह हुँदै पुनः प्रतिनिधिसभा र प्रदेशसभासम्मका चुनावमा आइपुग्दा ‘बागी उम्मेदवारी' ऐंजेरुका रूपमा देखिएको छ। बागीको मारमा सबैभन्दा बढी पर्ने गरेको कांग्रेसले यसपटक पनि थुप्रै त्यस्ता उम्मेदवारीको सामना गर्नुपरेको छ। कांग्रेस मात्रै होइन, एमाले, माओवादी केन्द्रमा, संघीय फोरम, राजपालगायत दलमा समेत बागीको संख्या उल्लेख्य देखिएको छ। उम्मेदवारसँगभन्दा पनि पार्टीका शीर्ष नेतासँगको असन्तुष्टिका कारण बागी उम्मेदवार बढेको नेताहरू बताउँछन्।

 

लोकतन्त्रका लागि बलिदान दिएका र दलका शीर्ष नेताहरूविरुद्ध नै यसपटक बागी उम्मेदवारी परेको छ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, राजपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपा अध्यक्षमडण्लका सदस्य अनिल झा, माओवादी नेता हरिबोल गजुरेललगायतविरुद्ध बागी उम्मेदवार खडा भएका छन्।

कांग्रेसले बागी उम्मेदवारविरुद्ध कडा कारबाही गर्ने जनाएको छ। इतिहासदेखि जरो गाडेको बागी र अन्तर्घाती आगामी चुनावपछि स्वतः पाखा लाग्ने कांग्रेस नेता एवं अनुशासन समिति संयोजक रमेश रिजाल बताउँछन्। ‘विगतमा धेरै दादा र दिदीलाई मुक्ति मिले पनि अब अनुशासन समितिले बागी, घाती र अन्तर्घातीलाई छाड्दैन', उनले भने। बागीलाई तह लगाउन कांग्रेसले रिजालको संयोजकत्वमा केन्द्रीय सदस्यहरू सुरेन्द्र पाण्डे, उमाकान्त चौधरी, हृदयराम थानी र कमलादेवी पन्त रहेको पाँच सदस्यीय समिति नै गठन गरेको छ।

एमाले सचिव प्रदीप ज्ञवालीले बागी उम्मेदवारी फिर्ता नभए र कसैले आधिकारिक उम्मेदवारविरुद्ध घात-अन्तर्घात गरे कडाभन्दा कडा कारबाही हुने बताए। उम्मेदवार, उसका समर्थक, प्रस्तावक र उक्साउनेसम्मलाई पार्टीको साधारण सदस्यबाट हटाउने, सार्वजनिक रूपमा त्यस्ता व्यक्तिलाई दण्डित गर्नेसम्मका कारबाही हुने उनले जानकारी दिए।

माओवादी केन्द्रकी नेत्री रेखा शर्माले आफ्नो पार्टी अनुशासनमा प्रतिबद्ध रहेकाले अनुशासनविरोधी जो-कोहीलाई पनि दोषका आधारमा कारबाही हुने बताइन्। पार्टीभित्र अहिलेसम्म बागी, घाती र अन्तर्घातीको रोग नभए पनि कहीँ, कतै त्यस्तो देखिए कडा कारबाही हुने जानकारी उनले दिइन्। माओवादी केन्द्रले तत्कालीन सांसद योगेन्द्र घिसिङलाई पार्टी नीतिविपरीत काम गरेको भन्दै कारबाहीसमेत गरेको थियो।

उम्मेदवारसँगभन्दा पनि पार्टीका शीर्ष नेतासँगको असन्तुष्टिका कारण बागी उम्मेदवार बढेको देखिन्छ।

राजपा नेता लक्ष्मणलाल कर्णले मधेस र मधेसीका लागि लडेको पार्टी र त्यसका नेता-कार्यकर्ताविरुद्ध बागी उम्मेदवारी दिने जो-कोही दण्डको भागी हुने बताए। उनले भने, ‘पार्टीका जिम्मेवार नेता र कार्यकर्ताको काम-कारबाहीविरुद्ध कसैलाई असन्तुष्टि हुन्छ भने पार्टीभित्रै त्यस्ता कुरालाई सल्ट्याउने हो। आमजनता र अन्य दल एवं नेताबीच गैरजिम्मेवार काम गर्ने होइन।'

प्रमुख नेताका बागी

काठमाडौं २ माधवकुमार नेपालविरुद्ध एलपी श्रेष्ठ
तनहुँ १ रामचन्द्र पौडेलविरुद्ध गोविन्दराज जोशी
महोत्तरी ३ महन्थ ठाकुरविरुद्ध चन्द्रेश्वर झा
सप्तरी २ उपेन्द्र यादवविरुद्ध जयप्रकाश ठाकुर
दैलेख १ दीपक शाहीविरुद्ध गणेशबहादुर खड्का
कैलाली ५ डा. आरजु राणाविरूद्ध क्षितिज भण्डारी
सल्यान टेकबहादुर बस्नेतविरुद्ध उमाकान्त शर्मा
सिन्धुली २ हरिबोल गजुरेलविरुद्ध रामकुमार पौडेल
सिन्धुली १ गणेश पहाडीविरुद्ध कुमारबहादुर कार्की
बारा ३ ज्वालाकुमारी साहविरुद्ध भरत खड्का
रुपन्देही ५ क भूमिश्वर ढकालविरुद्ध मीनप्रसाद घिमिरे
रौतहट १ अनिल झाविरुद्ध बबन सिंह


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.