समानुपातिक सूची सार्वजनिक : नेतादेखि उद्योगीसम्म उम्मेदवार (सूचिसहित)

समानुपातिक सूची सार्वजनिक : नेतादेखि उद्योगीसम्म उम्मेदवार (सूचिसहित)

 

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि दलहरूले समानुपातिकतर्फ पेस गरेको बन्दसूची सार्वजनिक गरेको छ। मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले पेस गरेको बन्दसूची आयोगले कार्यतालिकाअनुसार निर्वाचन हुन २३ दिनअगाडि सार्वजनिक गरेको हो।

 दलहरूको समानुपातिक सूचीमा नातेदार, उद्योगी व्यापारी र पूर्वमन्त्रीसमेत अटाएका छन्। कांग्रेसबाट समानुपातिकतर्फको उम्मेदवारमा सुजाता कोइराला, पूर्वशिक्षामन्त्री दिलेन्द्र बडू, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, पत्रकार तथा लेखक हरि अधिकारी, विद्यालय सञ्चालक उमेश श्रेष्ठ र उद्योगपति विनोद चौधरीलगायत परेका छन्।

एमालेबाट उद्योगी मोतीलाल दुगड, पूर्वमन्त्री एकनाथ ढकाल, पूर्वउपसभामुख गंगाप्रसाद यादव, विद्यार्थी नेत्री रामकुमारी झाँक्री र नवीना लामा, रेडियो सञ्चालक मीनबहादुर शाही, गैरसरकारी संस्था महासंघकी शर्मिला कार्की, पूर्वसांसद शान्ता चौधरी, राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष दिनेशचन्द्र देवकोटालगायत समानुपातिक सूचीमा परेका छन्।

त्यस्तै, माओवादीबाट पूर्वमन्त्री रेखा शर्मा, हितराज पाण्डे, प्रेमबहादुर सिंह, पूर्वसभामुख ओनसरी घर्तीमगर, उपसभामुख पूर्णकुमारी सुवेदी, पूर्वसांसद रेणु चन्द, पार्टी अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायण दाहाल पनि समानुपातिक सूचीमा अटाएका छन्। राप्रपाबाट पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्द, पूर्वमन्त्री बुद्धिमान तामाङ, दिलनाथ गिरीलगायतले समानुपातिकमा ठाउँ पाएका छन्। त्यस्तै, राजपाबाट नेता अनिल झाकी श्रीमती डिम्पल कुमारी पनि समानुपातिक सूचीमा परेकी छन्।

समानुपातिक उम्मेदवारविरुद्ध दाबी/विरोधको उजुरी गर्न सात दिनको म्याद।

समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले बन्दसूची सार्वजनिक गरेका हुन्। प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० सिटका लागि दलले बन्दसूची बुझाएका थिए।

उम्मेदवारको बन्दसूची तयार गर्दा पिछडिएको क्षेत्र तथा अपांगता भएका व्यक्तिको समेत प्रतिनिधित्व हुने गरी गर्नुपर्ने बाध्यताका कारण असोज २९ गते दलहरूले खेस्रा मात्रै बुझाएका दलहरूले कात्तिक १२ मा मात्रै संशोधित बन्दसूची पेस गरेका हुन्। त्यो सूचीमाथि पनि आयोगमा उम्मेदवारी फिर्ताका लागि १५ वटा निवेदन आएकोमा जम्मा ८ जना उम्मेदवारको मात्रै नाम फिर्ता भएको आयोगले जनाएको छ।

सार्वजनिक गरिएको बन्दसूचीअनुसार आदिवासी पुरुष ७८३, महिला ९३१ र अन्य १, खस आर्य पुरुष ८६७ र महिला ९९७, थारू पुरुष १५८ र महिला २६२, दलित पुरुष ३४२ र महिला ४९६, मधेसी पुरुष ४५५ र महिला ५६३, मुस्लिम पुरुष ८१ र महिला १५७ उम्मेदवार छन्। यसैगरी, अपांगता भएका पुरुष १५८, महिला ११५ र अन्य १ तथा पिछडिएका क्षेत्रका पुरुष १०७ र महिला १२२ जना समावेश छन्।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आयोगमा दर्ता भएका ८८ दलमध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ र प्रदेशसभा सदस्य निर्वाचनसमेतका चार गरी ५३ दलले बन्दसूची बुझाएका थिए। आयोगले उम्मेदवारविरुद्ध सात दिनभित्र दाबी÷विरोधमा उजुरी गर्नसक्ने जनाएको छ।

समानुपातिकतर्फको निर्वाचन कार्यक्रमअनुसार कात्तिक १८ देखि कात्तिक २४ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यता सम्बन्धमा दाबी÷विरोधको निवेदन दिन सकिने, कात्तिक २५ देखि मंसिर १ गतेसम्म त्यस्ता निवेदनमाथि जाँचबुझ तथा निर्णय गर्ने र मंसिर ३ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.