टिकट वितरणमा आफन्तलाई प्राथमिकता

टिकट वितरणमा आफन्तलाई प्राथमिकता

काठमाडौं : प्रमुख तीन दल काग्रेस, एमाले र माओवादीभित्र टिकट वितरणमा चरम परिवारवाद हावी भएको छ। प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवार चयन गर्दा मुख्य तीनै दलले आफनै नातागोता आफन्तलाई नै पहिलो रोजाई वनाएका छन्। काग्रेस- एमालेको तुलनामा माओवादी केन्द्रमा भने परिवारवाद वढी नै हावी भएको छ।

 अध्यक्ष पुष्पकमल दाहाल कै परिवारभित्रैवाट चार जना उम्मेदवार वनेका छन्। दाहालका काकाका छोरा भाई नारायण दाहाल प्रतिनिधीसभाको समानुपातिक तर्फको उम्मेदवार वनेका छन् भने उनी आफै चितवन ३, वुहारी विना मगर कञ्चनपुर १ र कान्छो ज्वई जीवन आचार्य मोरङ क्षेत्र नम्वर ६ को प्रदेश सभा क मा प्रत्यक्ष तर्फका उम्मेदवार वनेका छन्।

उनी मात्रै होइन, प्रधानमन्त्री तथा काग्रेस सभापति शेरवहादुर देउवा समेत आफनो परिवारलाई टिकट दिलाएका छन्। दो श्रो संविधानसभामा पत्नी डा आरजु देउवालाई समानुपातिकतर्फवाट संसद वनाएका देउवाले यसपटक कैलाली ५ मा प्रत्यक्ष उम्मेदवार वनाएका छन्। एमाले अध्यक्ष केपी ओलीले पनि आफनो परिवारका सदस्यलाई उम्मेदवार वनाएका छन्। ललितपुर क्षेत्र नम्वर २ को प्रदेश सभा ख वाट ओलीले आफनै सालो ज्ञानेन्द्र शाक्यलाई टिकट दिएका छन्।

पूर्व मन्त्री तथा काग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतको परिवारका पनि तीन जनाले टिकट पाएका छन्। डा महत आफै नुवाकोट क्षेत्र नम्वर १ वाट प्रतिनिधीसभा उम्मेदवार वनेका छन् भने् भतिजा रमेश महतलाई आफनै निर्वाच्न क्षेत्र अन्र्तगतको प्रदेश सभा ख मा प्रत्यक्ष तर्फको उम्मेदवार वनाएका छन्। भाई डा प्रकशशरण महत काठमाडौं ५ मा प्रतिनिधीसभा तर्फको प्रत्यक्षका उम्मेदवार वनेका छन्।

अर्का काग्रेस नेता अर्जुन नरसिंह केसीकै परिवारका पनि तीन जना प्रत्यक्ष तर्फकै उम्मेदवार छन्। केसी नुवाकोट क्षेत्र नम्वर २ वाट उठेका छन् भने उनले पनि भाई जगदिश नरसिंह केसीलाई आफनै निर्वाचन क्षेत्र अन्र्तगतको प्रदेश सभा क मा उम्मेदवार वनाएका छन्। केसीका ज्वाई तथा काग्रेसका युवा नेता गगनकुमार थापा काठमाडौं ४ मा उम्मेदवार वनेका छन्।

परिवारभित्रै टिकट पाउनेमा माओवादी नेताहरु जर्नादन शर्मा र वर्षमान पुन पनि अग्रपङक्तिमै छन्। पश्चिम रुकुमवाट प्रतिनिधीसभा तर्फ उम्ेदवार वनेका जर्नादन शर्माका भाई अनिल शर्मा काठमाडौं क्षेत्र नम्वर १ वाट उम्मेदवार वनेका छन्। शर्माका मामाका छोरा भाई गोपाल शर्मा पश्चिम ुरुकमको प्रदेश सभामा प्रत्यक्ष तर्फका उम्मेदवार छन्।

वर्षमान पुन पनि आफनै परिवारलाई टिकट दिलाउन सफल नेतामा गनिन्छन्। उनी आफै रोल्पावाट प्रत्यक्ष तर्फका उम्मेदवार वनेका छन भन् उनले आफनै पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीलाई समानुपातिक तर्फ उम्मेदवार वनाएका छन्। पुनले आफनी वहिनी शुसिला पुनलाई ललितपुर निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश सभा क मा उम्मेदवार वनाएका छन्।

अर्का नेता शक्ति वस्नेत जाजरकोटवाट प्रतिनिधी सभा तर्फ प्रत्यक्ष उम्मेदवार वनेका छन भने उनकी श्रीमति तथा पूर्व मन्त्री सत्या पाहाडी र वहिनी ज्ञानु वस्नेत सुवेदी समानुपातिक तर्फकी उम्मेदवार वनेकी छिन्। माओवादीमा जोडाजोडी नै उम्मेदवार वनेका धेरै देखिएका छन्। नेता देव गुरुङ लमजुङमा प्रतिनिधीसभा तर्फ प्रत्यक्षका उम्मेदवार छन भने श्रीमति यसोदा सुवेदी गुरुङ समानुपातिक तर्फका उम्मेदवार छन्।

हितमान शाक्य काठमाडौं १० वाट प्रत्यक्षमा उठेका छन भने उनीकी श्रीमति अमृता थापा समानुपतिकका छन्। प्यूठानवाट प्रदेश सभा उम्मेदवार वनेका कृष्णध्वज खड्काकी श्रीमति तथा पूर्व मन्त्री रेखा शर्मा प्रतिनिधीसभाको समानुपातिक तर्फ पहिलो नम्वरमा परेकी छिन्। माओवादी नेतृ देवी खडकाकै परिवारका पनि तीन जना उम्मेदवार वनेका छन्। उनी र श्रीमान राजकुमार श्रेष्ठ दुवै समानुपातिक उम्मेदवार छन भने भाई विशाल खड्का दोलखावाट प्रदेश सभाको प्रत्यक्ष तर्फका उम्मेदवार वनेका छन्।

त्यस्तै, रोल्पाको प्रदेश सभा तर्फ प्रत्यक्षका उम्मेदवार रहेका सचिवालय सदस्य कुलबहादुर केसी का पनि जोडाजोडी नै उम्मेदवार वनेका छन्। उनकी श्रीमति , तारा घर्ती समानुपातिक तर्फका उम्मेदवार छन्। नेता देवेन्द्र पौडेल वाग्लुङवाट प्रत्यक्षमा उम्मेदवार छन भने श्रीमति वलावती शर्मा समानुपतिक तर्फ उम्मेदवार छिन्।

हरिवोल गजुरेलका पनि वुढावुढी नै उम्मेदवार वनेका छन्। उनी आफु सिन्धुलीमा प्रत्यक्ष तर्फका उम्मेदवार छन भने श्रीमति सावित्रिकुमारी पाण्डे समानुपातिकमा छन्। नेताहरु पूर्ण घर्ती, तेजवहादुर ओली, दावा तामाङ का पनि वुढावुढी नै उम्मेदवार वनेका छन्। घर्तीकी श्रीमति सीता आचार्य, ओलीका श्रीमति जुनकुमारी रोका र तामाङकी श्रीमति कुमारी मोक्तान दुवै उम्मेदवार वनेका छन्। दावा र कुमारी भने दुवै प्रदेश सभा तर्फका प्रत्यक्षका उम्मेदवार छन्।

काग्रेसमा पनि अवस्था उस्तै छ। नेता वालकृष्ण खाणको वुढावुढी नै उम्मेदवार छन्। खाण र श्रीमति मन्जु खाँण दुवै समानुपातिक तर्फका उम्मेदवार हुन्। नेता महेश आर्चाय आफै प्रतिनिधीसभासभाको प्रत्यक्ष तर्फका उम्मेदवार वनेका छन भने उनका आफनै सम्धि विश्वनाथ रिजाल प्रदेश सभा तर्फका उम्मेद्वार छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.