शिवम् न्यु डायमन्ड सेमिफाइनलमा

शिवम् न्यु डायमन्ड सेमिफाइनलमा

काठमाडौं: पुरानो नैकापको शिवम् न्यु डायमन्ड एकेडेमी प्रथम प्याब्सन यू-१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको महिलातर्फको क्वार्टरफाइनल खेलमा चितवनको मेघौली स्पोर्ट्स एन्ड एजुकेसन क्लबलाई ३-० को सोझो सेटमा हराउँदै शिवम् न्यु डायमन्डले सेमिफाइनलमा स्थान बनाएको हो ।

चर्चित राष्ट्रिय खेलाडी स्पाइकर प्रतिभा माली र सेटर कृपा अधिकारीको प्रेरणामा शिवम् न्यु डायमन्डले मेघौली स्पोटर््समाथि २५-११, २५-१६, २५-८ को सहज जित निकाल्यो । खेलमा शिवम् न्यु डायमन्डकी प्रतिभा माली वुमन अफ दि म्याच चुनिइन् ।

बालाजुको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स ट्रेनिङ सेन्टरमा सञ्चालन भइरहेको महिलातर्फको अन्य खेलमा सफलता हात पार्दै पारा माउन्ट इङ्लिस स्कुल, ढोरपाटन भलिबल क्लब र एभरेस्ट बोर्डिङ स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको क्वार्टरफाइनल खेलमा काठमाडौंको पारा माउन्ट स्कुलले भक्तपुरको स्प्रिङडेल स्कुललाई २५-२१, २५-१९, २५-१४ को सोझो सेटमा हराउँदै शिवम् न्यु डायमन्डसँग सेमिफाइनलमा भेट पक्का गरेको छ ।

काठमाडौंकै ढोरपाटन स्पोट क्लबले पोखराको टप्स माविमाथि २५-२२, २७-२५, २७-२५ को कठिन जित निकाल्यो । यस्तै रूपन्देहीको एभरेस्ट स्कुलले दाङको श्रीगाउँ खेलकुद विकास समितिलाई २५-२२, २५-१३, २५-२० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाउन सफल भयो । महिलाको दोस्रो सेमिफाइनलमा ढोरपाटन र एभरेस्टबीच प्रतिस्पर्धा हुनेछ ।

निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) को मुख्य प्रायोजनमा सञ्चालन भएको पुरुषतर्फको क्वार्टरफाइनल खेलमा सफलता हात पार्दै कञ्चनपुरको लिटिलबुद्ध एकेडेमी र काठमाडौंको सेक्रेट हार्ट स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् । काठमाडौंको सेक्रेट हार्टले बूढानीलकण्ठको थ्रीस्टार एकेडेमीलाई २५-१८, २५-२३, २५-२३ को सोझो सेटमा हराउँदा लिटिलबुद्ध एकेडेमीले भक्तपुरको स्प्रिङडेल एकेडेमीलाई २५-२१, २५-२३, २५-१७ को नतिजा आफ्नो पक्षमा पार्‍यो ।

पुरुषतर्फ न्युटन स्कुल र ढोरपाटन भलिबल क्लबवीचको तेस्रो क्वार्टरफाइनल खेल खराब प्रकाशका कारण स्थगित भयो । उक्त खेल शनिबार हुने आयोजकले जनाएको छ । पुरुषतर्फको सेमिफाइनलमा सेक्रेट हार्ट स्कुलले नुवाकोटको बुङताङ भलिबल टिमसँग खेल्नेछ भने लिटिलबुद्धले न्युटन र ढोरपाटनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल विद्यालय भलिबल कमिसनको आयोजना सञ्चालन भएको प्रतियोगिताको महिला र पुरुष दुवैको विजेता टोलीले नगद एक लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ६० हजार, तेस्रो हुने टोलीले ३५ हजार तथा उत्कृष्ट विधाका विजेताले नगद पाँच हजारसहित उत्कृष्ट अवार्ड हात पार्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.