कांग्रेसबाट असन्तुष्ट पौडेलले उम्मेदवारी फिर्ता लिए

कांग्रेसबाट असन्तुष्ट पौडेलले उम्मेदवारी फिर्ता लिए

परासी : नेपाली कांग्रेसबाट असन्तुष्ट जनाउँदै उम्मेदवारी दिएका ऋषिराम पौडेलले उम्मेदवारी फिर्ता लिएका छन् । नवलपरासीको बर्दघाट-सुस्ता पश्चिम निर्वाचन क्षेत्र नं.२ प्रतिनिधिसभाबाट नेपाली कांग्रेस( वी.पी.) पार्टीबाट पौडेलले उम्मदेवारी दिएका थिए ।

 

शनिबार विज्ञप्ती प्रकाशित गर्दै पौडेलले पछिल्लो पटक नेपाली कांग्रेसले निष्ठावान र संघर्षरत कार्यकर्ताको भावना नबुझी केही नेताको दबाबमा टिकट वितरण गरेकोले त्यसतर्फ ध्यान आकर्षण गराउँन आफ्नो उम्मेदवारी दिएको उल्लेख गरेका छन् । नेतृत्वकै कारण स्थानीय तह निर्वाचनमा पार्टी दोस्रो स्थानमा पुग्नु परेको जनाउँदै विज्ञप्तीमा कार्यकर्ताहरुको भावनालाई बुझेर अघि बढ्न पार्टीलाई आग्रह गर्दै आफ्नो समर्थन कांग्रेसका उमेदवारहरुलाई रहने उल्लेख छ ।

कांग्रेसका क्षेत्रीय प्रतिनिधि एंव नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्यसमेत रहेका पौडेलले पार्टीको आधिकारिक उम्मेदवार देबेन्द्रराज कँडेलविरुद्ध भन्दै उम्मेदवारी दर्ता गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.