अनेरास्ववियु र क्रान्तिकारीको संयुक्त चुनावी सभा
काभ्रे : वाम गठबन्धनका दुई प्रमुख घटक एमाले र माओवादी निकट विद्यार्थी संगठनले संयुक्त चुनावी सभा सुरु गरेका छन् । संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै अनेरास्वियु अध्यक्ष नविना लामाले इतिहासदेखि कम्युनिस्ट लडाएर राज गर्दै आएको कांग्रेस आगामीनिर्वाचनमा समाप्त भएर जाने घोषणा गरेकी छन् । उनले कांग्रेस नेतृत्वको गठबन्धन हत्या, बेथिती र भ्रष्टाचार जारी राख्न बनेको दाबी गरिन्।
कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तकारी) का महासचिव उत्तम अधिकारीले इतिहासमा एउटै रहेको र बीचमा विभिन्न ढंगले विभाजित भएपनि समयको माग अनुसार फेरि एक ठाउँमा आएको उल्लेख गरे ।अधिकारीले गठबन्धनले मुलुकको समृद्धि र विकाशका निम्ति दुई तिहाई बहुमत ल्याउनु आवश्यक रहेको भन्दै कार्यकर्तालाई उत्साहित भएर फिल्डमा जान निर्देशन दिए ।
अखिल (क्रान्तकारी)का उपमहासचिव जीपी मैनाली, अनेरास्ववियु पूर्वउपाध्यक्ष दीपक गौतम र समिक बडाललगायतले प्रशिक्षण मन्तव्य राखेको उक्त बैठकमा विद्यार्थी नेताहरु नरेश रेग्मी, सुन्दर खड्का, उपेन्द्र शर्मालगायत उपस्थित थिए । भेलाले जेनिश लामा संयोजक र गोकुल डोटेल सह–संयोजक रहने गरी पाँच सय १ सदस्य रहेको परिचालन समिति पनि घोषणा गरेको छ ।