काठमाडौं-४ मा गगन र राजनको टक्कर : सुरु भयो वाकयुद्ध

काठमाडौं-४ मा गगन र राजनको टक्कर : सुरु भयो वाकयुद्ध

काठमाडौं : काठमाडौं ४ मा शनिबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता गगनकुमार थापाले संसदमासँगै चार वर्षसम्म बसेको एक साथीले अर्को साथीका बिषयमा प्रश्न उठाउन नमिल्ने बताएका छन्।एमालेका नेता राजन भट्टराईप्रति लक्षित गर्दै सांसद बनेर बसेको व्यक्तिले विकास किन भएन भनेर प्रश्न गर्न उचित नहुने दाबी गरेका हुन्। ‘एमालेका एकजना साथी जो मेरो प्रतिस्पर्धी हुनुहुन्छ। उहाँ मसँगै चार वर्ष संसदमा बस्नुभयो। अहिले आएर गगनले यो गरेन, त्यो गरेन, उ गरेन भन्नु सुहाउँदैन। यदि मैले गर्न नसकेको भए काठमाडौं क्षेत्र ४ मा भएको विकास कसले गर्‍यो ? त्यसको जवाफ दिनु पर्यो’ थापाले भने।

थापाले जोडदारका साथ भने,‘मलाई मतदान गर्ने मतदाताहरू आरोप लगाएकै भरमा कसैको पछाडि लाग्ने व्यक्ति होइनन्। मेरो क्षेत्र मैले जति बुझेको छु। जति चिनेको छु बाहिर बस्ने व्यक्तिले चिन्दैन। गीत गाएर, मुठ्ठी कसेर विकास हुँदैन साथीहरू हो। विकास गर्न काम गर्नुपर्छ। हाउजिङमा घर बनाएर बस्ने सांसद म होइन। म यही बस्छु, स्थानीय बासीका साथ बस्छु।’

नेता थापाले आफूलाई वामपन्थीहरूले भ्रष्टाचार गरेको भनेर लगाएको आरोपको कडा शब्दमा खण्डन गरे। आफूलाई कृषि गर्ने नाममा १४ करोड खायो, चार वटा घडेरी किन्यो लगायतका आरोप लगाएकोमा आपत्ति जनाउदै मैले आफनो सम्पत्ति जनताबीच राखेकै छु भन्ने दाबी थापाले गरे।

आफ्ना प्रतिस्पर्धीलाई कमरेड भन्दै कांग्रेस उम्मेदवार गगनले भने, ‘यो क्षेत्र नम्बर ४ हो, यहाँका मतदातालाई न राजाले झुक्याउन सक्यो न माओवादीले। अरु ठाउँमा हल्लाको अर्थ रहला। मेरो ठाउँमा आएर नचाहिले हल्ला नगर्नु तपाईको स्वार्थको हितकर हुन्छ।’

प्रदेशसभाका उम्मेदवारद्वय नरोत्तम वैद्य र साधुराम खड्कासहित थापाले चाबहिलबाट चुनावी अभियान थालेका हुन्। चार वर्षमा अन्य सांसदको तुलाना आफूले कार्यालय नै खडा गरेर काम गरेको भन्दै उनले फेहरिस्ता सुनाए। यद्यपि धेरै गर्न सकिन्थ्यो भन्दै जनतासँग क्षमा मादै भने, ‘अझ राम्रो गर्न सकेको भए मलाई जति आनन्द कसलाई लाग्थ्यो होला तर सबै मेरो बसमा छैन।’

उनले आफू हाउजिङमा बसेर बेलाबेला घुम्म आउन सांसद नभएको भन्दै जनताको सुखदुःखप्रति जानकारी रहेको बताए। चुनावी प्रतिपर्धामा रहेका एमाले नेता भट्टराईलाई सालिन युवा भन्दै गगनले आफ्ना कुरा राख्न आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.