आयोगमा काज जान कर्मचारीको मरिहत्ते

आयोगमा काज जान कर्मचारीको मरिहत्ते

 

काठमाडौं : निजामती कर्मचारीका लागि सरकारी अड्डामा सबैभन्दा आकर्षक ठाउँ निर्वाचन आयोग बन्न पुगेको छ । निर्वाचन आयोगमा काजमा काम गर्नका लागि भन्दै आउने कर्मचारीको चाप थेगिनसक्नु छ । स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण यो वर्ष मुलुक निर्वाचनमय बनेको छ । यस्तो अवसरलाई कर्मचारीले राम्रै सदुपयोग गरिरहेका छन् । दुर्गम जिल्लामा निर्वाचनमा खटिनुभन्दा केन्द्रमै पनि त्यस्तो मौका पाइने भएकाले कर्मचारी आयोगमा काजमा जान मरिहत्ते गरिरहेका हुन् ।

 निर्वाचन आयोगमा जम्मा १ सय ६७ जना कर्मचारीको दरबन्दी छ तर यसका अतिरिक्त ५० जना कर्मचारी काजमा काम गरिरहेका छन् । काजमा काम गर्न पाऊँ भन्दै आउने कर्मचारीको चाप थेग्न नसकेर आयोगले अहिले निवेदन लिन बन्द गरेको छ । आयोगमा आवश्यकताभन्दा बढी कर्मचारी काजमा भएकाले निवेदन लिन बन्द गरेको प्रशासन शाखाका एक कर्मचारीले बताए । पछिल्लो समय प्रशासन शाखादेखि सचिवको कार्यकक्षसम्म आयोगमा काम गर्न आवश्यक कर्मचारी पर्याप्त रहेकाले ‘काजमा आउन निवेदन पेस गर्ने कष्ट नगरिदिनुहुन' भन्दै आयोगले सूचना नै टाँसेको छ ।

 

दुर्गम जिल्लामा निर्वाचनमा खटिनुभन्दा केन्द्रमै त्यस्तो मौका पाइने भएकाले कर्मचारीले आयोगमा काजमा जान मरिहत्ते गरिरहेका हुन् ।

नियमानुसार आयोगले निर्वाचनका लागि आवश्यक कर्मचारी काजमा उपलब्ध गराउन सरकारसँग माग गर्ने गर्छ तर त्यसरी माग गरिएको संख्यामा कर्मचारी परिपूर्ति भइसकेको अवस्थामा पनि काज चाहियो भन्दै आयोगमै दैनिकजसो कर्मचारी आइरहेका छन् । ‘काजमा राखिदिनुपर्‍यो भन्दै सय जनाजति आएका थिए । माथिल्लो निकायको सोर्स आए पनि हामीले अहिले राख्न सक्ने अवस्था छैन', आयोग प्रवक्ता नवराज ढकालले भने ।

आयोगमै काजमा खटिने र निर्वाचन कार्यालयले जिल्ला-जिल्लामा नियुक्त गरेका निर्वाचन अधिकृत समेतले समान सुविधा प्राप्त गर्ने कारण पनि आयोग अहिले काजका कर्मचारीका लागि आकर्षक ठाउँ बनेको हो । काजमा खटिने निर्वाचन अधिकृत र कर्मचारीले १२१ प्रतिशत भत्ता प्राप्त गर्छन् । त्यस्तै, दैनिक खाना र खाजा खर्च भनेर अधिकृतस्तरकाले सात सय र कर्मचारीको हकमा पाँच सय रुपैयाँ थप रकम पनि पाउँछन् । २४ सै घन्टा काम गर्नुपर्ने कारण कर्मचारीलाई विशेष सुविधा दिएको आयोगको भनाइ छ ।

निर्वाचनका समयमा ३५ दिनदेखि ३ महिनासम्म काजमा काम गर्न सक्छन् । मतदान अधिकृतलाई भने जम्मा ७ दिनका लागि काजमा खटाइने गरेको छ । स्थानीय तहको निर्वाचनमा काजमा खटिएकालाई पनि आवश्यकताको आधारमा आयोगले निर्वाचनमा काजमा खटाएको छ । मंसिर १० र २१ मा हुने प्रतिनिधि र प्रदेशसभाका लागि मुख्य निर्वाचन अधिकृत, मतदान अधिकृत र कर्मचारी गरी २ लाख १५ हजारजति कर्मचारी काजमा खटिँदै छन् । जिल्लास्थित निर्वाचन कार्यालयले ती कर्मचारीको खटनपटन गर्दै छ ।

आयोगमा तल्ला तहमा मात्रै होइन, दुई जना सहसचिव नै अहिले काजमा छन् । आचारसंहिता तथा अतिरिक्त काम गर्न सहसचिव पनि काजमा राख्नुपरेको आयोगको भनाइ छ । आयोग कामको चाप धेरै भए पनि आकर्षक सुविधाको लोभले कर्मचारी काजमा काम गर्न मरिहत्ते गरिरहेको आयोगका सचिव वेगेन्द्रराज शर्मा बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.