भत्किएला प्यूठानमा वामकिल्ला ?

भत्किएला प्यूठानमा वामकिल्ला ?

प्युठान : दोस्रो संविधानसभा निर्वाचनमा चौथो बनेको कांग्रेसले स्थानीय तह निर्वाचनमा दोस्रो शक्तिका रूपमा फड्को मार्‍यो। मंसिर २१ गते हुने निर्वाचनका लागि कांग्रेस आफ्नो जनाधार अझै बलियो बनाउने ध्याउन्नमा छ। यद्यपि, विगतमा यसपालि निर्वाचन जित्न कांग्रेसलाई सहज देखिँदैन। वाम गठबन्धनपछि तीन दल ठाउँमा उभिएका छन्। स्थानीय निर्वाचनमा पहिलो बनेको एमाले, तेस्रो जनमोर्चा र चौथो माओवादी केन्द्रले संयुक्त उम्मेदवार उठाएका छन्। लोकतान्त्रिक गठबन्धनका रूपमा कांग्रेससँग राप्रपा मिसिएको छ।

स्थानीय निर्वाचनको मतलाई आधार मान्दा कांग्रेसलाई यो निर्वाचन जित्न हम्मेहम्मे पर्ने देखिन्छ। वाठ गठबन्धन र कांग्रेसबीचको मतान्तर ४१ हजार ५३ छ। स्थानीय निर्वाचनमा एमालेले २७ हजार आठ सय ६७, जनमोर्चाले १८ हजार पाँच सय ८९ र माओवादी केन्द्रले १७ हजार आठ सय ७९ मत पाएका थिए। कांग्रेसको २३ हजार दुई सय ८२ मत थियो।

कांग्रेसबाट डा. गोविन्दराज पोखरेल उम्मेदवार बनेका छन्। उनी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निवर्तमान प्रमुख कार्यकारी अधिकृत हुन्। पोखरेलले यिनै दुई पद सम्हालेको अनुभवलाई कांग्रेस प्युठानले यसपटक चुनावी नारा बनाएको छ। विकास निर्माणमा दख्खल राख्न सक्ने भन्दै कांग्रेसले पोखरेलको जित सुनिश्चत रहेको दाबीसमेत गरेको छ।

‘सरकारको पहुँच नभएकै कारण प्युठान धेरै पछि पर्‍यो', कांग्रेस महाधिवेशन प्रतिनिधि प्रमोद पोखरेल भन्छन्, ‘विकास निर्माणका हिसाबले उहाँको राम्रो प्रोफाइल भएकाले अघि सारेका हौं।' कम्युनिस्ट थलो भए पनि उनीहरूले लगातार जित्न नसकेको उनको भनाइ छ।

लामो प्रयासपछि वाम गठबन्धन बनेकाले आफूहरू थप सशक्त बन्दै गएको एमाले प्यृुठानका उपाध्यक्ष हुकुमबहादुर खड्का बताउँछन्। ‘अब कसैले कम्युनिस्टलाई फुटाउन सक्दैनन्', उनी भन्छन्, ‘प्युठान कम्युनिस्ट थलो हो। कांग्रेसले केही गरे पनि जित्न सक्दैन।' कम्युनिस्टहरू फुटेकै कारण कांग्रेसले फाइदा उठाउँदै आएको उनी तर्क गर्छन्।


स्थानीय निर्वाचनको मतलाई आधार मान्दा कांग्रेसलाई यो निर्वाचन जित्न हम्मेहम्मे पर्ने देखिन्छ।

पोखरेल अब राजनीतिमै जीवन बिताउने बताउँछन्। ‘पार्टीले बनाएर नेता हुने होइन', उनी भन्छन्, ‘जनताले बनाउने हो। आशा छ, मलाई प्युठानी जनताले नेता बनाउनुहुनेछ।' योजना आयोगमा रहँदा यो जिल्लाको विकास निर्माणमा महत्वपूर्ण निर्वाह गरेको उनको दाबी छ। यसकै आधारमा जिल्लावासीले माया गर्ने उनको अपेक्षा छ।

वाम गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेलले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी छन्। तीन ठूला वाम पार्टी एक ठाउँमा उभिएकाले आफ्नो जित सुनिश्चित रहेको उनी दाबी गर्छिन्। हार-जित जस्तोसुकै भए पनि जिल्लाको विकासमा आफू सदैव प्रतिबद्ध उनको भनाइ छ।

२०४८ सालको निर्वाचनमा दुवै क्षेत्र र २०५१ मा क्षेत्र नम्बर १ कांग्रेसले जितेको थियो। १ नम्बर क्षेत्रमा शिवराज सुवेदी र २ मा मुक्तिप्रसाद शर्मा विजयी भएका थिए। २०५१ मा क्षेत्र नम्बर १ मै सुवेदी विजयी भए। पहिलो संविधानसभा निर्वाचनमा दुवै निर्वाचन क्षेत्रमा माओवादीले जित हासिल गरेको थियो। १ नम्बरमा नारायणप्रसाद अधिकारी र २ मा दीपक केसी विजयी भएका थिए।

दोस्रो संविधानसभा निर्वाचनमा दुईवटै क्षेत्र एमालेले जित्यो। त्यसअघि एमालेले जिल्लामा विजयको झन्डा फहराउन सकेको थिएन। १ नम्बरमा वामदेव गौतम र २ मा हीरा केसी विजयी भएका थिए। गौतम यसपटक बर्दिया पुगेका छन्।

बर्दियामा भिड्दै गौतम

बर्दिया :  बर्दिया क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदमा एमाले उपाध्यक्ष वामदेव गौतम र सिँचाइमन्त्री एवं कांग्रेस जिल्ला सभापति सञ्जयकुमार गौतमबीच प्रतिस्पर्धा हुने देखिएको छ। वामदेवले बर्दियाबाट पटक-पटक जित हासिल गरे पनि सञ्जयकुमारको उम्मेदवारीले कडा टक्कर दिने स्थानीय बताउँछन्। पाँचपटक बर्दियाबाट निर्वाचन लडेका वामदेवले तीनपटक जितेका छन्।

दोस्रो संविधानसभा निर्वाचनमा बर्दिया र प्युठान दुवै स्थानबाट जितेपछि उनले बर्दिया छाडेर प्युठान रोजेका थिए। आफूले बर्दिया छाड्दा विकासले गति लिन नसकेको उनले बताएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.