मेसीको तेस्रो सन्तान पनि छोरा

मेसीको तेस्रो सन्तान पनि छोरा

लन्डन : अर्जेन्टिनी फुटबलर लियोनल मेसी र श्रीमती एन्टोनेल्ला रोक्कुज्जोले आफूहरूको तेस्रो सन्तान पनि छोरा नै भएको खुलासा गरेका छन् । महिना दिनअघि मात्रै मेसीले श्रीमती रोक्कुज्जो तेस्रो सन्तानका लागि गर्भवती रहेको खुलासा गरेका थिए । उनले आफ्ना दुई छोरा र आफुले रोक्कुज्जोको पेट छोइरहेको तस्बिरसहित सामाजिक सञ्जालबाट आफूहरू तेस्रो सन्तानको आगमनको पर्खाइमा रहेको सार्वजनिक गरेका थिए ।

पेटको सन्तान छोरा भएको खबर भने श्रीमती रोक्कुजोले सार्वजनिक गरेकी हुन् । उनले आफ्नो जेठो छोरो थिएगोलाई सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिने क्रममा आफ्नो तेस्रो सन्तान पनि छोरा भएको खुलासा गरेकी हुन् । ‘ड्याडी, मम्मी, माटियो र तिम्रो नयाँ भाइको तिमीलाई धेरै माया छ । तिमीलाई जन्मदिनको धेरैधेरै शुभकामना’, रोक्कुज्जोले लेखेकी छन् ।

 

रोक्कुज्जो र मेसी हालै मात्र विवाहबन्धनमा बाँधिएका हुन् । उनीहरूले गत जुन ३० मा आफ्नै सहर रोसारियोमा विवाह गरेका थिए । यद्यपि त्यसअघि नै उनीहरूका दुई छोरा भइसकेका थिए । 

उनिहङका जेठो छोरा थिएगो र अर्को छोरा माटियो छन् । रोक्कुज्जोले जेठो छोरा थिएगो पाँच वर्ष पुगेको अवसरमा जन्म दिनको शुभकामना दिने क्रममा सन्देस लेख्दा आफ्नो तेस्रो सन्तान पनि छोरा नै भएको खुलासा गरेकी हुन् । रोक्कुज्जोले सो सन्देश लेख्ने क्रममा तेस्रो सन्तानबारे भूलवश लेखेको वा जानाजान लेखेको भन्नेबारे भने खुलेको छैन । कतिपयले रोक्कुज्जोले भूलवश पेटमै रहेको आफ्नो सन्तानबारे खुलासा गरेकी अनुमान गरेका छन् ।

रोक्कुज्जोको सोही सन्देशलाई आधार बनाएर अर्जेन्टिनी मिडियाहरूले मेसीको तेस्रो सन्तानको विषयमा समाचार लेखेका छन् । स्पेनिस भाषामा लेखिएको सन्देसमा रोक्कुज्जोले अन्तिममा ‘हर्मानितो’ लेखेकी छन्, जसको अर्थ सानो भाइ हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.