राप्रपा दाङको समर्थन काँग्रेसलाई, कम्युनिस्टका बागीले फिर्ता लिएनन्

राप्रपा दाङको समर्थन काँग्रेसलाई, कम्युनिस्टका बागीले फिर्ता लिएनन्

घोराही :  राप्रपा प्रजातान्त्रिकबाट प्रदेशसभामा उम्मेदवारी दिएका इश्वरी प्रसाद घिमिरेले काँग्रेस उम्मेदवारलाई समर्थन गर्दै आफनो उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार बिहान घोराहीमा पत्रकार सम्मेलन गरी घिमिरेले दाङ क्षेत्र नम्बर ३ (क) मा राप्रपा प्रजातान्त्रिकको तर्फबाट आफनो उम्मेदवारी रहेको भन्दै अब आफूले काँग्रेसका उम्मेदवार कमल किशोर घिमिरेलाई सहयोग गर्ने गरी उम्मेदवारी फिर्ता गरेको घोषणा गरेका हुन् ।

उनले काग्रेस नै देशको हितमा लाग्ने र विकासमा समर्पित भएको पाटी भएकाले आफनो सहयोग काँग्रेस उम्मेदवार घिमिरेलाई रहने बताए ।

तर कम्युनिस्टका बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन् । दोस्रो चरणको निर्वाचनका लागि पतिनिधि सभा तथा प्रदेश सभाको लागि उम्मेदवारी दिएकाहरुले आज आफनो उम्मेदवारी फिर्ता लिन सक्ने भएपनि अहिलेसम्म फिर्ता लिने कसैले खबर नगरेको निर्वाचन कार्यालय दाङे जानकारी दिएको छ ।

वाम गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका एमाले र माओवालीका कोमल ओली र कुवेर ओली फकाउन पार्टी नेतृत्व क्रियाशील देखिएको छ । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य कुवेर ओली ३(क)बाट प्रदेश सभामा पार्टीका आधिकारिक उम्मेदवार जगप्रसाद शर्माको विरुद्ध बागी दिएका छन् । त्यसै गरेर ३ बाट प्रतिनिधि सभाको लागि पाटीका आधिकारिक उम्मेदवार हिराचन्द्र केसीको बागी एमाले नेतृ कोमल ओली छिन् । यी दुबैलाई फकाउन उम्मेदवारी दिएदेखि केन्द्रीय तथा जिल्ला स्तरिय नेताहरु लागि परेका छन् । ३ ख मा उत्तर ओलीको बागी वाइसिएलका जिल्ला सचिव गोविन्द भण्डारी छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.