नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित

नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित

काठमाडौं : नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोली बंगलादेशविरुद्धको दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । शनिबार भएको खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग एक सय २३ रनको भारी अन्तरले पराजित भएको हो । नेपाल बिहीबार भएको बंगलादेशविरुद्धको पहिलो अभ्यास खेलमा पनि तीन विकेटले पराजित भएको थियो ।

साभारस्थित बंगलादेश क्रिरा सिखा प्रोटिस्तानको मैदानमा टस जितेको नेपालले घरेलु टोलीलाई पहिले ब्याटिङमा निम्त्याएको थियो । यसमा बंगलादेशले निर्धाररित ५० ओभर पूरै ब्याटिङ गर्दै आठ विकेटको क्षतिमा दुई सय २७ रनको योगफल तय गरेको थियो । जवाफी ब्याटिङमा आएको नेपाल ३६.५ ओभरमा एक सय चार रनमै सीमित भएपछि भारी अन्तरको पराजय बेहोर्न पुग्यो ।

 

पहिलो खेलमा जस्तै दोस्रो खेलमा पनि नेपालको ब्याटिङ चलेन । नेपालका लागि नवौं क्रमका रसिद खानले २४ रन जोड्नेबाहेक अन्य खेलाडीले त्योभन्दा ठूलो योगदान गर्न सकेनन् । ५० बल खेलेका उनले एक छक्का र दुई चौका प्रहार गरेका थिए । पवन सर्राफले १६ रन जोड्दा सन्दीप लामिछानेले अविजित १३ रन जोडे । आठौं क्रममा क्रिजमा आएका प्रनीत थापामगरले १२ रन जोड्दा अन्य सात नेपाली खेलाडीले दोहोरो संख्यामा रन जोड्न सकेनन् । त्यसमध्ये कप्तान दीपेन्द्रसिंह ऐरी र सहब आलम शून्य रनमै आउट भए ।

सुरुआती ब्याट्सम्यान मोहम्मद आसिफ सेखले नौ रन तथा सन्दीप सुनार तीन रनमै आउट हुँदा तेस्रो क्रमका ब्याट्सम्यान अनिलकुमार शाह पनि तीन रनमै आउट भए । चोथो क्रममा आएका कप्तान दीपेन्द्रसिंह ऐरी बिनाकुनै रन पभेलियनतर्फ फर्कंदा रोहितकुमार पौडेलले नौ र भीम सार्कीले चार रन जोडेका थिए । त्यसअघि सन्दीप लामिछाने र कप्तान दीपेन्द्रले दुईदुई विकेट लिएका थिए । नेपालले लिएको आठ विकेटमध्ये चार रन आउटमार्फत लिएको थियो ।

बंगलादेशका लागि तेस्रो क्रमका ब्याट्सम्यान सइफ हसनले ६२ रन तथा अफिफ हुसेनले ५९ रनको योगदान गर्दा बंगलादेशले ठूलो योगफल जोडेको थियो । सइफलाई सन्दीपले भिक सार्कीमार्फत क्याच आउट गराएका थिए भने अफिफलाई रसिद खानले रन आउट गराएका थिए ।
अर्काे साताबाट मलेसियामा आयोजना हुन लागेको एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू-१९ युथ एसिया कप क्रिकेटको तयारीस्वरूप नेपाल अभ्यास खेलका लागि बंगलादेश पुगेको हो । नेपालले आइतबार बंगलादेशविरुद्ध तेस्रो तथा अन्तिम अभ्यास खेल खेल्नेछ । अन्तिम अभ्यास खेलसँगै नेपाल फर्किएपछि नेपाली टोली प्रतियोगिताका लागि मलेसियातर्फ प्रस्थान गर्नेछ ।

नेपाल युथ एसिया कपमा पनि बंगलादेश रहेकै समूह ‘ए’मा परेको छ । नेपालको समूहमा टेस्ट मान्यता पाएको भारत र आयोजक मलेसियाको युवा टोली पनि छ । प्रतियोगितामा नेपाललाई समूह चरण पार गर्नका लागि बंगलादेशविरुद्धको जारी अभ्यास खेलको प्रदर्शनमा सुधार ल्याउन आवश्यक छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.