अल्ट्राधाविका मीराको सम्मानमा दौड

अल्ट्राधाविका मीराको सम्मानमा दौड

भोजपुर : भोजपुरको पूर्वी क्षेत्र पौवादुङ्मा गाउँपालिका-५ सानोदुम्मामा जन्मेर आफ्नो जन्मभूमिलाई विश्वमा चिनाउने नेपाली अल्ट्रा धाविका मीरा राईको सम्मानमा भोजपुर ट्रायल रेस प्रतियोगिता हुने भएको छ । नेपाल ट्रायल रेस, रिमाचुङ एजुकेसन स्पोर्टस् एकेडेमी र सानोदुम्मा माविको संयुक्त आयोजनामा यही मंसिर २ गते सुरु हुने प्रतियोगितामा जिल्लाका महिला तथा पुरुष धावक सहभागी हुनेछन् ।

अल्ट्राधाविका मीरा राईको जन्मगाउँ सानोदुम्मामा आगामी मंसिर २ गते सम्पन्न हुने उक्त दौड थर्पु स्कुलबाट मानेडाँडा, बास्तिम, पारपानी हुँदै भोजपुर टँडिखेलसम्मको १७ किलोमिटर लामो दूरीमा पुगेर टुंगिनेछ ।

 

दौडमा प्रथम हुने पुरुष तथा महिलातर्फका विजेताले १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै दोस्रो, तेस्रो, चौथो र पाँचौं हुने धावकले क्रमशः आठ हजार, ६ हजार, चार हजार र दुई हजार नगदसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिला र पुरुष दुवैतर्फ सिनियर र जुनियर चारजनालाई तीन हजारका दरले नगद, प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

दौडमा जिल्लाभित्र तथा बाहिरका खेलाडीले सहभागी हुन पाउने भएकाले धरान रन र भोजपुर रनबाट आवेदन भर्न सकिने आयोजकका संग्राम राईले बताए । महिलातर्फ पहिलो हुनेले आगामी जनवरीमा हङकङमा हुने रेसमा सहभागी हुन पाउने अवसर पाउनेछन् । मीराले यसअघि त्यहाँ आयोजना भएका थुप्रै रेसमा प्र्रथम भएकी थिइन् ।

वर्षैपिच्छे आयोजना गरिने यो ट्रायल रेसलाई थप विस्तार गर्न अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्न मिल्ने खालका उपयुक्त रुटको खोजी भइरहेको एकेडेमीका अध्यक्ष पाविहाङ राईले बताए । ‘गाउँमा रेसका लागि शारीरिक रूपमा उपयुक्त हुने, रुचि राख्ने थुप्रै प्रतिभा छन् । उनीहरूले राम्रो अवसर पाएका छैनन् । लुकेका ती प्रतिभालाई बाहिर ल्याउन र मीराजस्तै व्यक्तित्व जन्माउन लागिपरेका छौं’, उनले भने । प्रतियोगितामा मीरा राईको प्रत्यक्ष उपस्थिति रहने आयोजकको जानकारी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.