दुई गौतमबीच प्रतिस्पर्धा

दुई गौतमबीच प्रतिस्पर्धा

बर्दियाः बर्दिया क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभा सदस्य पदमा दुई गौतमबीच प्रतिस्पर्धा हुदैछ। वाम गठवन्धनका तर्फबाट मनोनयन दर्ता गराएका नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम र लोकतान्त्रिक गठवन्धनका तर्फबाट सिँचाईमन्त्री एवं नेपाली काँग्रेस बर्दियाका जिल्ला सभापति संजयकुमार गौतम चुनावी मैदानमा उत्रिएका हुन्।

आगामी मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा बर्दियामा कडा प्रतिस्पर्धा हुने देखिएको छ। वामदेव गौतमले बर्दियाबाट पटक पटक जित हासिल गरेतापनि स्थानीय तहमा लोकप्रीय नेताका रुपमा पहिचान बनाएका संजयकुमार गौतमको उम्मद्वारी दर्तापछि चुनावी परिणामलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएका छन्।

संघिय समाजवादी फोरम नेपाल, नयाँशक्ति पार्टी, विवेकशील साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले), नेपाल दलित पार्टी, एकीकृत राप्रपा (राष्ट्रवादी), राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल मजदुर किसान पार्टी लगायत स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ।

५ पटक बर्दियाबाट चुनाव लडेका एमाले उपाध्यक्ष वामदेव गौतमले तीन पटक निर्वाचित भएका छन्। ०७० मा बर्दिया र प्युठान दुवै स्थानबाट जितेपछि बर्दिया छाडेर बामदेवले प्युठान रोजेका थिए।

लोकतान्त्रिक गठवन्धनमार्फत उम्मेद्वारी दर्ता गराएका सिँचाई मन्त्री संजयकुमार गौतम पनि कमजोर प्रतिस्पर्धी नभएको स्थानीयबासी बताउँछन्। उनले विकास र समृद्धिलाई नै प्रमुख एजेण्डा बनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.