महन्थ ठाकुरले भने, 'मधेशीलार्इ मात्र भोट हाल्नुहोस्'

महन्थ ठाकुरले भने, 'मधेशीलार्इ मात्र भोट हाल्नुहोस्'

गौशालाः राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले ‘जन्मभूमिले बोलाएपछि' यस पालि महोत्तरी जिल्लामा चुनाव लड्न आएको बताएका छन्।

आउँदो मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनका उम्मेदवार ठाकुरले सदरमुकाम जलेश्वरमा आज पत्रकार सम्मेलन गर्दै मतदाताको विशेष आग्रहमा आफू महोत्तरीबाट चुनाव लड्न आएको बताए।

जिल्लाको साविक एकरहिया गाविस र हाल पिपरा गाउँपालिका जन्मभूमि रहेका नेता ठाकुरले भने, “जन्मभूमिको आकर्षणले मलाई यसपालिको चुनावमा महोत्तरीबाट लड्न उत्प्रेरित गर्‍यो।”

उनले चुनावमा सम्पूर्ण मधेशको भूमिमा केवल मधेशीलाई जिताउन सबै मतलाई आग्रह गरे।र्नुभयो । उनले मधेशलाई अधिकारसम्पन्न, विभेदबाट मुक्ति, न्यायोचित सम्मान र चौतर्फी विकासका लागि चुनावमा मधेशको सम्पूर्ण निर्वाचन क्षेत्रमा मधेशी नेतालाई जिताएर मधेशलाई मधेशीमय बनाउन आग्रह गरे। उनले मतदातालाई प्रदेश नं २ मा मधेशी सरकार बनाएर आफ्नो विशेष पहिचान कायम गर्न पनि जोड दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.