वामगठन्धनका बागीले लिए उम्मेदवारी फिर्ता
सिन्धुलीः वाम गठबन्धनलाई चूनौती दिँदै आफ्नै पार्टीबाट बागी उमेदवारी दिएकाहरुले मनोनयन फिर्ता लिएका छन्।
वाम गठबन्धनका हरिवोल गजुरेलविरुद्ध स्वतन्त्र उमेदवारी लिएका माओवादी केन्द्रका रामकुमार पौडेल र नेकपा एमालेका गणेश पहाडीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका एमालेकै कुमारबहादुर कार्कीले आइतबार पत्रकार सम्मेलनमार्फत आफ्नो उमेदवारी फिर्ता लिएका हुन्।
पौडेलले क्षेत्र नं. २ मा प्रतिनिधि सभाका लागि गठबन्धनबाट उम्मेदवार बनेका गजुरेलविरुद्ध बागी उमेदवारी दर्ता गराएका थिए भने कार्कीले पनि आफ्नै पार्टीका उम्मेदवार पहाडीविरुद्ध १ नम्वरबाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए।
दुबै पार्टीले खुल्ला र समानुपातिकका लागि जिल्लाबाट उम्मेदवार सिफारिस गर्दा पौडेललाई दुई नम्बर प्रदेश सभा (ख) र कार्कीलाई एक नम्बर प्रदेश सभा (क) बाट सर्वसम्मत सिफारिस गरेका थिए। तर, गठबन्धनबाट उम्मेदवारी दर्ता गर्ने अघिल्लो रात एकाएक आफूहरुलाई हटाएर अन्य व्यक्तिलाई टिकट दिएको भन्दै दुबैले स्वतन्त्र उम्मेदवारी दिएका थिए।