पत्रकार सम्मेलन गरेर उम्मेदवारी फिर्ता लिँदै कोमल ओली

पत्रकार सम्मेलन गरेर उम्मेदवारी फिर्ता लिँदै कोमल ओली

दाङ : दाङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएकी एमाले नेत्रृ एवम् गायिका कोमल ओलीले अन्तत उम्मेदवारी फिर्ता लिने भएकी छिन्। दाङ ३ मा वाम गठबन्धनको तर्फबाट एमालेका आधिकारिक उम्मेदवार हिराचन्द्र केसीलाई समर्थन गर्दै ओलीले उम्मेदवारी फिर्ता लिन लागेको एमाले जिल्ला कमिटी दाङका एक सदस्यले जानकारी दिए।

जिल्ला कमिटिका सदस्यको सक्रियतामा ओली उम्मेदवारी फिर्ता लिन तयार भएकी हुन्। ओलीलाई एमाले केन्द्रीय नेतृत्वले चलचित्र बोर्डको अध्यक्ष बनाउने आश्वासन दिएपछि ओली उम्मेदवारी फिर्ता लिन तयार भएको स्रोतको दाबी छ।

अन्नपूर्णसँग कुरा गर्दै ओलीले भने, ‘केही विषयमा सहमति गरेँ। केही बेरमा पत्रकार सम्मेलन गरेर फिर्ता लिँदै छु।’ ओलीले थप विषय पत्रकार सम्मेलनमार्फत् नै सार्वजनिक गर्ने प्रष्ट पारिन्। ‘थप कुरा पत्रकार सम्मेलनमा प्रष्ट पार्छु’, ओलीले भनिन्, ‘मैले पार्टीको निर्णय स्वीकार गरेकी छु।’ ओलीको उम्मेदवारी फिर्ता सम्बन्धमा पत्रकारलाई जानकारी गराउन घोराहीमा केही बेरमा पत्रकार सम्मेलन हुँदैछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.