नवलपरासीका १४ मतदानस्थल अतिसंवेदनशील

नवलपरासीका १४ मतदानस्थल अतिसंवेदनशील

परासीः जिल्ला सुरक्षा समितिले नवलपरासीका १४ वटा मतदानस्थललाई अति संवेदनशीलको रुपमा राखेको छ। त्यसरी अतिसंवेदनशील राखिएका मतदानस्थलमा पहाडी क्षेत्रका बढी छन् । दुई जिल्लामा विभाजित नवलपरासीको पूर्वी जिल्ला (नवलपुर ) का १२ र पश्चिम (परासी क्षेत्र) जिल्लाका २ मतदान स्थल अतिसंवेदनशीलको रुपमा वर्गिकरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले बताए।

स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी अतिसंवदेनशील मतदान स्थलका रुपमा भारतसँग सिमाना जोडिएका परासी क्षेत्रका गाउँपालिकालाई लिइएको थियो। त्यस बेला सीके राउतका कार्यकर्ताहरुले चुनावमा खलल पुर्‍याउन सक्ने भन्दै अतिसंवेदनशीलका रुपमा वर्गिकरण गरिएको थियो । अहिले भने त्यस क्षेत्रका कुनै पनि मतदान स्थल अतिसंवेदनशीलको रुपमा परेका छैनन् । अतिसंवेदनशील परेका मतदान स्थलमा विप्लव माओवादीलाई कारण देखाइएको छ।

नवलपुर क्षेत्रका अतिसंवेदनशील मतदान स्थलमा गैंडाकोट नगरपालिकास्थित जनता आधारभूत रतनपुर, बालज्योती प्रावि दमार, विरेन्द्र आधारभूत विद्यालय छन्।  त्यसैगरी देवचुली नगरपालिकास्थित प्रभात मावि, बालकिरण मावि मुण्डे, भिमसेन मावि रामवास र बाल्मिकी आधारभूत विद्यालय छन्।

देवचुली नगरपालिकाको बाल्मिकी आधारभूत विद्यालय, कावासोती नगरपालिकाको त्रिभुवन बाल मा.व. ढोकी र सरस्वति मा.वि. गोछडालाई पनि अतिसंवेदनशील मतदान स्थलका रुपमा लिइएको छ। त्यस्तै मध्यविन्दु नगरपालिकामा रहेका नवज्योती प्रा.वि. पतवारी, रत्नराज्यलक्ष्मी मा.वि. राकाचुली, ज्ञानोदय मावि धोरबारा अतिसंवेदनशील स्थलका रुपमा रहेका छन्।

परासी क्षेत्रका अतिसंवेदनशील मतदान स्थलमा बर्दघाट नगरपालिकास्थित आम्बास आधारभूत प्रा.वि.र सुनवलको वाकमाणि मा.वि. सेमरनालाई जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील स्थलका रुपमा राखेको छ।

अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गिकरण गरिएको जिल्लाका ९५ मतदान स्थल संवेदनशीलको रुपमा लिइएको छ। जसमा परासी क्षेत्रका ३२ मतदान स्थल छन् भने बाँकी नवलपुरका रहेको सहायक प्रजिअ ढुंगानाले जानकारी दिए।

कुल  ४ लाख २९ हजार ९ सय ५१ मतदाता रहेको नवलपरासीमा २ सय ३२ मतदान स्थल र ५ सय १५ केन्द्र छन् । जसमा पूर्वी जिल्लामा १ सय १२ स्थल र २ सय ५८ मतदान केन्द्र छन् । पश्चिम जिल्लामा १ सय २० स्थल र २ सय ५७ केन्द्र छन्। 

खुला सीमानाका कारण परासी क्षेत्रमा तस्कर र अपराधिक गतिविधि सञ्चालन गर्ने तत्वले चुनावमा प्रभाव पार्न सक्ने भएकाले ति मतदान स्थललाई संवेदनशिलका रुपमा लिइएको सुरक्षा समितिले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.