गायिका कोमल ओलीको उम्मेदवारी फिर्ता : एमालेलाई समर्थन
दाङ : दाङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएकी एमाले नेत्रृ एवम् गायिका कोमल ओलीले उम्मेदवारी फिर्ता लिएकी छिन् ।
दाङ ३ मा वाम गठबन्धनको तर्फबाट एमालेका आधिकारिक उम्मेदवार हिराचन्द्र केसीलाई समर्थन गर्ने घोषणा गर्दै ओलीले उम्मेदवारी फिर्ता लिएकी हुन् । आइतबार घोराहीमा पत्रकार सम्मेलन गरेर ओलीले पार्टीका आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने घोषणा गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन् ।
ओली एमाले केन्द्रीय नेतृत्वले चलचित्र बोर्डको अध्यक्ष बनाउने आश्वासन दिएपछि उम्मेदवारी फिर्ता गर्न सहमत भएकी थिइन् । पत्रकार सम्मेलनमा ओलीले भनिन्, ‘केही विषयमा सहमति गरेँ । मैले पार्टीको निर्णय स्वीकार गरेर उम्मेदवारी फिर्ता लिएँ ।’