कांग्रेसको विकल्प अरु पार्टी हुन सक्दैन: मन्त्री थापा

कांग्रेसको विकल्प अरु पार्टी हुन सक्दैन: मन्त्री थापा

पोखराः कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले नेपाली कांग्रेसको विकल्प अन्य कुनै पार्टी नरहेको बताएका छन्।

कांग्रेस क्षेत्र न १ कास्कीले पोखरा लेखनाथ महानगरपालिका-१४ नयाँ एयरपोर्ट गेट नजिक स्थापना गरेको चुनाव प्रचारप्रसार समिति कार्यालयको आइतबार उद्घाटन गर्दै कांग्रेसका नेता थापाले देशको समग्र आर्थिक विकास काँग्रेसले मात्रै गर्न सक्ने जिकिर गरे।

सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले कांग्रेसको नेतृत्वमा जारी भएको संविधान कांग्रेसकै बहुमतको सरकारबाट मात्रै कार्यान्वयन हुन सक्ने विचार व्यक्त गरे।

कार्यक्रममा प्रदेश नं १ (ख)का उम्मेदवार कृष्ण केसी, महाधिवेशन प्रतिनिधि किशोरदत्त बराल, कांग्रेस महानगर एकाइ समितिका सभापति वजिरमान श्रेष्ठ, नेता प्रकाशमोहन खनाल, विमल बस्याल, कोपिला रानाभाट, चन्द्रावती पौडेल, रसकुमारी पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए।

यस्तै कांग्रेस क्षेत्र नं १ को भेलाले क्षेत्रीय सभापति विर्जमान गुरुङको संयोजकत्वमा एक हजार १११ सदस्यीय चुनाव परिचालन समिति गठन गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.