कांग्रेसका बागीले लिए उम्मेदवारी फिर्ता

कांग्रेसका बागीले लिए उम्मेदवारी फिर्ता

महेन्द्रनगर: मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कञ्चनपुरमा नेपाली कांग्रेसका बागी उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति हरिप्रसाद बोहराले कांग्रेसका आधिकारीक उम्मेदवारका विरुद्व बागी उम्मेदवारी दिएका सबैले फिर्ता लिएको बताए।

कांग्रेसबाट चारजनाको बागी उम्मेदवारी परेको थियो। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर ३ बाट रमेश लेखकका विरुद्व नेता प्रेम विष्टले बागी उम्मेदवारी दिएका थिए भने निर्वाचन क्षेत्र नम्वर २ बाट नेता एनपी साउँदका विरुद्व सिद्वराज भट्टले उम्मेदवारी दिएका थिए। त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ को ‘क' बाट बलराम पन्त र ‘ख' बाट तुलाराम साहुले उम्मेदवारी दिएका थिए।

आइतबार उम्मेदवारी फिर्ताको समयमा चारैजनाले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आ–आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै प्रदेश सभाका ६ मध्ये ५ स्थानमा उम्मेदवारी दिएको राप्रपाले समेत उम्मेदवारी फिर्ता गरेको छ। पार्टीको केन्द्रिय निर्देशन अनुसार राप्रपाका प्रदेशसभा ५ वटै उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन्।

निर्वाचन क्षेत्र नम्बर १ ‘ख' बाट दिल्लीबहादुर शाही, निर्वाचन क्षेत्र नम्बर २ ‘क' बाट दिपक नाथ र ‘ख' बाट वमवहादुर वमले उम्मेदवारी फिर्ता लिएका हुन् । यस्तै निर्वाचन क्षेत्र नम्बर ३ ‘क' बाट पूर्णबहादुर चन्द र ‘ख'बाट गजेन्द्रबहादुर चन्दले बागी उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन क्षेत्र नम्बर २ का प्रेमबहादुर धानुक र मदनराज भट्टले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

बामगठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नम्बर ३ ‘ख' बाट उम्मेदवारी दिएका भीमबहादुर कुमालले पनि उम्मेदवारी फिर्ता लिएका छन्। उनले बामगठबन्धनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका मानबहादुर सुनारका विरुद्व बागी उम्मेदवारी दिएका थिए। बामगठबन्धनमा नेकपा एमालेबाट उम्मेदवार बनेका विरुद्व बागी उम्मेदवारी दिएकाहरुले भने आफ्नो उम्मेदवारी फिर्ता लिएनन्।

बामगठबन्धनका विरुद्व निर्वाचन क्षेत्र नम्वर ३ को प्रतिनिधिसभाका उम्मेदवार दिपकप्रकाश भट्टका विरुद्व हिरासिंह विष्टले उम्मेदवारी दिएका छन्। त्यस्तै निर्वाचन क्षेत्र नम्वर ३ ‘क' बाट उम्मेदवार बनेका प्रकाश रावलका विरुद्व कर्ण बहादुर चन्दले उम्मेदवारी दिएका छन्।

निर्वाचन क्षेत्र नम्वर १ ‘ख' बाट बामगठबन्धनका उम्मेदवार कुलबिर चौधरीका विरुद्व राजेन्द्र जोशीले उम्मेदवारी दिएका छन्। बामगठबन्धन अन्र्तगत नेकपा एमालेबाट बागी उम्मेदवारी दिएकाहरुसंग छलफल गरिएपनि उनीहरुले उम्मेदवारी फिर्ता लिन नमानेको एमाले कञ्चनपुरले जनाएको छ। एमालेले पार्टीको निर्णय विरुद्व गई आधिकारीक उम्मेदवारका विरुद्व बागी उम्मेदवारी दिनेलाई कारवाही गर्ने चेतावनी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.