सप्तरी-२ मा उपेन्द्र यादवलाई समर्थन गर्न कांग्रेसको उम्मेदवारी फिर्ता

सप्तरी-२ मा उपेन्द्र यादवलाई समर्थन गर्न कांग्रेसको उम्मेदवारी फिर्ता

राजविराज : फोरम-राजपा गठबन्धनको सहमतिविपरित सप्तरी क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका राजपाका नेता जयप्रकाश ठाकुरले मनोनयन फिर्ता नलिएपछि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव संकटमा परेका छन्। पार्टी निर्णयविपरित स्वतन्त्र उम्मेदवारी दिएकाले उम्मेदवारी फिर्ता नलिए राजपाले अनुशासनको कारबाही गर्ने चेतावनी दिए पनि राजपाका सहमहामन्त्री ठाकुरले उम्मेदवारी फिर्ता नलिएपछि फोरम कांग्रेससँगको गठबन्धनको प्रयासमा लोगेको छ।

 

फोरम अध्यक्ष यादवविरुद्ध राजपाका ठाकुरले उम्मेदवारी दिएपछि दबाब सिजना गर्न राजपालाई छोडेको क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका फोरमका उम्मेदवारले भने आइतबार मनोनयन फिर्ता लिएका छन्। सुरक्षित क्षेत्र खोज्दै मोरङ र सुनसरी छाडेर सप्तरी रोजेका यादवको विरोधमा ठाकुरको उम्मेदवारी कायम रहेपछि फोरमले कांग्रेससँग सहकार्य गर्न खोजेको छ। प्रतिनिधिसभा २ मा कांग्रेसका उम्मेदवार सकलदेव सुतिहारबाट उम्मेदवारी फिर्ता लिन लगाएर सहमतिको प्रयास गरिएको हो।

समयअवधि बितेपछि सुतिहारको मनोनयन फिर्ताको निवेदन आएको भन्दै मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले राजनीतिक दलको आधिकारिक पत्र समावेश नभएको र समयावधि बितेपछि निवेदन आएकोले सुतिहारको उम्मेदवारी फिर्ता नभएको बताए। मुख्य निर्वाचन अधिकृत ढुंगानाले अगाडि भने, ‘निर्वाचन आयोगले नै मनोनयन फिर्ताको निर्णय गर्छ भने भिन्दै कुरा हो अन्यथा सुतिहारको उम्मेदवारी फिर्ता हुने अवस्था रहेन्।’

अबेर रातिसम्म निर्वाचन अधिकृतको कार्यालयमा रहेका फोरमका केन्द्रीय सदस्य अशोक यादवले आयोगको निर्णयबाटै सुतिहारको उम्मेदवारी फिर्ता हुने विश्वास व्यक्त गरे। यसैगरी सो क्षेत्रको प्रदेशसभा २ बाट राजपाका महामन्त्री मनिष सुमनविरुद्ध विद्रोह गरी उम्मेदवारी दिएका राजपाका क्षेत्रीय अध्यक्ष लक्ष्मण यादवको समेत उम्मेदवारी कायम रहेको छ।

क्षेत्र नम्बर एकको प्रदेशसभा १ बाट एमालेका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलविरुद्ध जिल्ला प्रचार विभाग प्रमुख प्रकाश खतिवडाले दिएको उम्मेदवारी समेत कायम रहेको छ।

सप्तरी जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका सातजना र प्रदेश सभाका लागि उम्मेदवारी दिएका नौ जनाले मनोनयन फिर्ता लिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ।

जसअनुसार क्षेत्र नम्बर एकको प्रतिनिधि सभामा दुई र प्रदेश सभामा एक, क्षेत्र नम्बर दुईको प्रतिनिधि सभामा एक र प्रदेश सभामा पाँच जना, क्षेत्र नम्बर तीनको प्रतिनिधि सभामा दुई र प्रदेश सभामा तीन जना तथा क्षेत्र नम्बर चारको प्रतिनिधि सभामा दुई जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत ढुंगानाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.