चार हजार चार सय ८२ उम्मेदवारलाई चुनाव चिन्ह

चार हजार चार सय ८२ उम्मेदवारलाई चुनाव चिन्ह

काठमाडौं : निर्वाचन आयोगले दोस्रो चरण अर्थात् मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका चार हजार चार सय ८२ उम्मेदवारलाई आइतबार निर्वाचन चिन्ह प्रदान गरेको छ। दल तथा स्वतन्त्रपूर्वक गरी उम्मेदवारी दिएका उम्मेदवारलाई ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्न प्रदान गरेको हो।

 

यही कात्तिक १६ गते प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ पदका लागि ४,७४७ जनाले उम्मेदवारी दिएका थिए। तर, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि जम्मा ४,४८२ जना उम्मेदवारहरुलाई निर्वाचन प्रदान गरिएको जानकारी आयोगले दिएको छ।

उम्मेदवार दिएका मध्ये दुई जनाको उम्मेदवारी रद्द, चार जनाको दाबी विरोधबाट खारेज र २५९ जनाको उम्मेदवारी फिर्ता गरी जम्मा दुई सय ६५ जना व्यक्तिको नाम उम्मेदवारको सूचीबाट हटाइएको आयोगका प्रवक्ता नवराज ढकालले बताए।

निर्वाचन चिह्न प्रदान गरिएका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले सोमबारबाट औपचारिक रुपमा चुनावी प्रचार प्रसार सुरू गर्न पाउने भएका छन्। पहिलो चरणमा आठ सय तीन उम्मेदवारले चुनाव चिन्ह पाएका थिए। मंसिर १० र २१ गते हुने दुई चरणको चुनावमा ५२ सय ८५ उम्मेदवारले चुनाव चिन्ह पाएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.