‘वाम एकता नभए केपी र प्रचण्ड ड्यामेज्ड हुन्छन्

‘वाम एकता नभए केपी र प्रचण्ड ड्यामेज्ड हुन्छन्

रोल्पा :  नेकपा माओवादी केन्द्रका नेता एवं विना विभागीय मन्त्री कृष्णबहादुर महराले बाम गठबन्धन एकता सम्म पुग्ने दावि गरेका छन् । ‘बाम गठनबन्धन एकता सम्म जान्छ । अब पछि हट्ने स्थिति छैन' गृह जिल्ला आएका नेता महराले सोमबार लिबाङमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘एकताबाट पछि हट्ने हो भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी वली ड्यामेजड हुनुहुन्छ ।'

 


बाम एकता हुनेमा आशंका रहेकोबारे पत्रकारले राखेको जिज्ञासमा नेता महराले भने, ‘बाम एकता नभए वली र प्रचण्ड मात्र ड्यामेजड हुने होइन, दुवै पार्टीका दोस्रो पुस्ताका नेतालाई समेत पचास वर्षपछि ढकेल्नु हुन्छ ।' चुनावपछि मुलुकमा स्थिरता र आर्थिक स्मृद्धिको बाटो खुला हुने बताए । स्थिर सरकार र संविधान कार्यन्वयनका लागि बाम एकता आवश्यक रहेको पनि उल्लेख गरे । ‘एकताको विकल्प छैन तर एकताका लागि पर्याप्त वहस आवश्यक छ ।', नेता महराले भने, संयोजन समिति बनेको छ, लामो समय अलगअलग रहेका दुई पार्टीबीच सैद्धान्तिक, वैचारिक, राजनीति र सांगठिनक बहस पर्याप्त हुन बाँकी नै छ।'

बाम गठबन्धले नेपाली कांग्रेस लगायतका कतिपय शक्ति अत्तालिएको समेत नेता महराले दावी गरे । कम्यूनिष्टले एक दलिय अधिनायकवाद लाड्ने भ्रमको प्रचार गरिरहेको पनि बताए । ‘हामी संविधानको कार्यन्वयन, लोकतन्त्र र प्रतिस्पर्धात्मक राजनीतिमा हामी प्रतिवद्ध छौं । कोही नतर्सिए हुन्छ ।' उनले भने । दुवै चरणको चुनाव निश्चित भइसकेको बताउँदै नेता महराले बामगठबन्धनको पक्षमा चुनावी माहौल बन्दै गएको जिकिर गरे । बाम गठनबन्धले दुईतिहाई मत ल्याएर राजनीतिक स्थिरता ल्याउने उनले दावी गरे ।

‘चुनावपछि राजनीति संक्रमणको पनि अन्त्य हुन्छ ।' नेता महराले भने ।मुलुकमा लोकतान्त्रिक शक्ति र बामबीच धु्विकरण हुँदै गएको दावी गर्दै नेता महराले अन्तराष्ट्रिय चलखेल पनि कम हुँदै जाने विश्वास व्यक्त गरे । सरकारबाट बाहिरिरहन आवश्क नभएको नेता महराले बताए । चुनाव हुन नदिने चलखेलका कारण सरकारमै रहिरहेपनि सरकार बाहिर जस्तै भएको अनुभूति राखे ।

‘चुनाव निश्चित भई सक्यो । तैपनि कतै भाड्न सकिन्छ कि भन्ने मनसाय अहिले पनि एक÷दुई प्रतिशत कतिपयमा छ ।', प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै नेता महराले भने । सरकारबाट बाहिरिने बारे पार्टीमा छलफल भइरहेको पनि बताए । नेता महराले विप्लवको चुनाव खारेजीको राजनीति धराप परेको दावी गरे । नेकपाका थुप्रै हस्ती नेता, कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरिरहेको सन्दर्भ जोड्दै नेता महराले भने, ‘चुनाव खारेज गर्ने भन्ने विप्लवकै पार्टी नै खारेज हुने अवस्थामा छ । विप्लवजिको राजनीति वेमौसमी धार भएको छ ।' नेकपाको चुनाव खारेज अभियानले अर्थ नराख्ने जिकिर पनि गरे ।

एमाले र तत्कालिन जनमोर्चाबीच तालमेल २०४८ सालको निर्वाचनमा नेता महरा गृह जिल्लाबाट नै उम्मेदवार बनेर विजयी भएका थिए । २६ वर्षपछि पुनः बाम गठबन्धन भएका बेला भने छिमेकी दाङबाट नेता महरा प्रतिनिधि सभाको उम्मेदवार बनेका छन । पोलि टेक्निकल इन्सीच्यूट उद्घाटन गर्न गृह जिल्ला आएका बेला सम्पन्न पत्रकार सम्मेलनमा नेता महराले समानुपातिकमा हसियाँ हथौडा वा सूर्यमा मतदान गर्न आव्हान समेत गरे ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.