धमाधम भित्रिन थाले केरुङवाट निर्वाचन सामग्री

धमाधम भित्रिन थाले केरुङवाट निर्वाचन सामग्री

नुवाकोट : आगामी मंसिर १० र २१ गते हुने प्रदेश तथा संघीय निर्वाचनका लागि नेपालको उत्तरी छिमेकी देश चीनबाट रसुवागढी नाका हुदै धमाधम निर्वाचन सामग्री आइरहेको छ । नेपाल–चीनबीच हाल सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाकावाट दुई पटक गरेर पाँच कन्टेनरमा निर्वाचन सामग्री नेपाल भित्रिएका छन् ।

 

काठमाडौबाट एकसय ५२ किलोमिटर दुरीमा उत्तर भोटेकोशी नदी किनारमा रहेको रसुवागढी नाकाबाट मतपेटिका बाहेकका निर्वाचन सामग्री आउने क्रम सुरु भएको रसुवाका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिइन् । समेमबारसम्म निर्वाचन सामग्री बोकेका पाँच थान कन्टेनरलाई रसुवागढी नाकावाट प्रवेश गराई नुवाकोटको विदुर हुदैँ काठमाडौ पठाइएको छ ।

रसुवा प्रशासनका अनुसार आगामी मंसिर १० र २१ दुई चरणमा गरिने तय भएको निर्वाचनका लागि केरुङबाट पहिलो चरणमा दुई वटा र दोश्रो चरणमा तीन कन्टेनरमा विभिन्न प्रकारका निर्वाचन सामग्री बोकेका कन्टेनर आयात भएको आयातकर्ता ग्लोवल लजिविटक सप्लायर्सका प्रदीप बस्नेतले जानकारी दिए । उनका अनुसार पाँच थान कन्टेनरमा चीनको ग्वान्झाओ सिगात्सेबाट केरुङ हुँदै रसुवागढी नाकावाट निर्वाचनका लागि छेकाबार ३० हजार, सिल तीन लाख, मार्कर ७७ हजार थान, रवर म्याट २५ हजार थान र इक तथा इंक प्याड ६० हजार थान नेपाल भित्रिसकेका छन् ।

नजिक र सस्तो रहेका कारण चीनवाट निर्वाचन सामग्री खरिद गरिएको जनाइएको छ । निर्वाचनका लागि चीनवाट आगामी मंसिर १० र २१ गतेका लागि सुरक्षा सिल आठ लाख थान, छेकावार ६० हजार थान, मार्कर ७७ हजार थान, मसि र मसि प्याड गरि एक करोड ४६ हजार थान आउने क्रममा रहेको आयातकर्ता ग्लोवल लजिविटक सप्लायर्सका प्रदीप वस्नेतले जानकारी दिए । पाँच थान कन्टेनरमा पहिलो र दोश्रो चरणमा सामान आइसकेको र अब १० थान कन्टेनरमा अबको एक सातामा सबै सामान काठमाडौ पुगिसक्ने बस्नेतले बताए ।

चीनबाट आयात गरिएका निर्वाचन सामग्रीहरुमा मतपेटिका र मतपत्रबाहेक निर्वाचनलाई आवश्यक पर्ने सिल, छेकावार, रवर म्याटलगायतका सामग्री रहेको रसुवा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शरतकुमार थापाक्षेत्रीले जानकारी दिए । उनका अनुसार निर्वाचनका लागि आवश्यक सामग्री तेश्रो चरणमा केरुङबाट नेपाल ल्याउन सुरु भएको र ६ वटा कन्टेनर केरुङ गएका छन् ।

निर्वाचन सामग्री बोक्न बाँकी कन्टेनरहरु चीन प्रवेश गरिरहेका छन् । निर्वाचन सामग्री ल्याउनका लागि १० ओटा कन्टेनर प्रयोग गरिने र सामग्री नअटेमा अन्य कन्टेनरको पनि प्रयोग गरिने जनाइएको छ ।

रसुवागढी नाका हुँदै ल्याइएको उक्त सामग्री नेपाल प्रहरी र सशस्त्र प्रहरीको स्कर्टिङमा निर्वाचन आयोग लगिएको हो । यस पटकको निर्वाचन सामग्री ग्लोबल लजिष्टिक सप्लायर्स कम्पनीले आयात गरेको हो ।

दुवै चरणको निर्वाचनलाई पुग्ने गरी निर्वाचन आयोगले चीनबाट सामान खरिद गरेको हो । गत स्थानीय निर्वाचनमा चीनबाट केरुङ हुदै रसुवागढी नाकावाट २६ हजार ६ सय थान मतपेटिका, आठ लाख थान सिल खरिद गरि आयात गरिएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.