'दुर्इ बर्षमा कान्तिलोकपथ निर्माण सम्पन्न'
ललितपुर: अर्थराज्य मन्त्री उदय शम्शेर राणाले दुर्इ बर्षभित्र कान्ति लोकपथ निर्माण सम्पन्न हुने बताएका छन्। सोमबार ललितपुरको लेलेमा आयोजित कार्यक्रममा अर्थराज्यमन्त्री राणाले कान्तिलोकपथको निर्माणपछि ललितपुरको विकासमा कायापलट हुने दावी गरे।
नेपाली कांग्रेसका तर्फबाट ललितपुर क्षेत्र नं १ का प्रतिनिधि सभा उम्मेदवारसमेत रहेका राणाले काठमाडौंका लागि कान्तिलोकपथ 'लार्इभलार्इन' समेत बन्ने बताए।
उनले दक्षिण ललितपुरका जनताको समृद्धिका लागि कान्तिलोकपथ कोशेढुंगा सावित हुने बताए। उनले भने, कान्तिलोकपथ निर्माण सम्पन्न भएपछि अहिले नल्ल् चितवनको नारायणगढजस्तै प्रमुख शहरका रुपमा स्थापित हुनेछ।'
उनले कान्तिलोकपथ निर्माणसंगै टिकाभैरवदेखि काभ्रे जोड्ने सडक खोलिने बताए। ललितपुरको विकास नै आफ्नो चुनावी एजेण्डा भएको उल्लेख गर्दै राणाले भने, 'यतिबेला केही साथीहरु विभिन्न नारा लिएर चुनावमा आउँदैछन्, मतदाताहरुले उनीहरुलार्इ चिन्न जरुरी छ।' उनले २५ बर्षमा नभएको विकास ४ बर्षमा आफ्नो कार्यकालमा भएको दावी गरे।