बागी फिर्ता भएपछि उपाध्यायलाई केही सहज

बागी फिर्ता भएपछि उपाध्यायलाई केही सहज

कपिलवस्तु :  पूर्व राजदूत दीपकुमार उपाध्यायविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता दुर्गा सेनले आधिकारिक उम्मेदवार उपाध्यायलाई सहयोग गर्ने घोषणा गरेका छन् । नेपाली कांग्रेस निर्वाचन परिचालन समितिले सोमबार तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा सेनले उम्मेद्वारी फिर्ता लिएको घोषणा गरेका हुन् ।

कांग्रेसका महासमिति सदस्य समेत रहेका उनले आइतबार उम्मेदवारी फिर्ताको समयसम्म पनि उम्मेदवारी फिर्ता नलिई चुनाव चिह्न किताव लिई चुनावमा होमिएका थिए ।

पार्टीको टिकट वितरण प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै बागी उम्मेदवारी दर्ता गरेका उनले पार्टी नेतृत्वसँगको विभिन्न चरणको छलफल पश्चात् आफुले आधिकारिक उम्मेदवार उपाध्यायलाई सहयोग गर्ने निर्णय गरेको बताए । उनले भने–‘अब म दीपकुमारको चुनावी प्रचारमा खटिएर लाग्छु । ’

सेनले उम्मेदवारी फिर्ता गरे पछि जिल्लाका कांग्रेसका कार्यकर्ता खुसी भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.