वाम गठबन्धन पार्टी एकताका लागि : दाहाल

वाम गठबन्धन पार्टी एकताका लागि : दाहाल

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'ले वाम गठबन्धन चुनावका लागि मात्र नभई पार्टी एकताका लागि भएको बताए ।

गठबन्धनका उम्मेदवारलाई जिताउन महिलाको भूमिका ठूलो हुने उनको भनाई थियो । संविधान कार्यान्वयनको अन्तिम घडी आइपुगेकाले अहिलेको समयमा महिलाको भूमिका महत्वपूर्ण रहेको दाहालले बताए ।

 भरतपुरमा सोमबार संयुक्त वाम गठबन्धनमा आबद्ध अगुवा महिलासँगको छलफलमा उनले महिलाको आन्दोलन र अधिकारका लागि पनि निर्वाचन महत्वपूर्ण रहेको बताए । आफ्नो अधिकार स्थापित गर्न पनि महिला जुट्नुपर्नेमा उनले जोड दिए ।

महिलाले प्रत्यक्ष निर्वाचनमा महिलालाई कम सिट दिएको विषयमा प्रश्न राखेका थिए । महिलाको जिज्ञासाको उत्तर दिँदै अध्यक्ष दाहालले समानुपातिक तथा मनोनयनमा भए पनि संविधानअनुसार अधिकार दिइने आश्वासन दिए । अध्यक्ष दाहालले महिलाको प्रतिनिधित्वका बारेमा सबै व्यवस्थापन हुने आश्वासन दिएका थिए ।

संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन कमिटीका सदस्य संगीता भट्टराईले यही कात्तिक २३ गते जिल्लमाा महिलाको बृहत् भेलाको आयोजना गरिएको जानकारी दिइन्। यही कात्तिक १६ गते उम्मेदवारी दिएपछि चुनावी प्रचार अभियानमा लागेका दाहाल पहिलो चरणको चुनावी अभियान सकेर सोमबार राजधानी फर्किएका छन् ।

सुविधायुक्त बाल अस्पताल निर्माण आवश्यक

नेकपा (एमाले) स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डेले पूर्वी चितवनमा सुविधासम्पन्न बाल अस्पताल निर्माण गरिने बताएका छन् । पूर्वी चितवनस्थित रत्ननगरको बकुलहरमा सोमबार निर्वाचन केन्द्रित पार्टी सम्पर्क कार्यालयको उद्घाटन गर्दै चितवन क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार पाण्डेले भरतपुर मेडिकल सिटीका रुपमा विकास भइसकेकाले अब पूर्वी क्षेत्र र वरपरका जिल्लालाई समेत सुविधा हुने गरी एकसय शैयाको बाल अस्पताल निर्माण अगाडि बढिसकेको बताए।

पूर्वअर्थमन्त्री पाण्डेले बाल अस्पतालका लागि जग्गा हेर्ने काम सकिएकाले यसको प्रक्रियागत काम अगाडि बढिसकेको जानकारी दिए। मंसिर २१ गते हुन लागेको संघ र प्रदेशको निर्वाचनमा वामपन्थी गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराए दिगो विकासका योजना पर्याप्त मात्रामा ल्याउने प्रतिबद्धता उनले व्यक्त गरे ।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.