लयमा फर्कियो रियल म्याड्रिड

लयमा फर्कियो रियल म्याड्रिड

म्याड्रिड : पछिल्ला केही खेलमा निराशाजनक प्रदर्शन गर्दै आएको स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिड पुनः लयमा फर्किएको छ । रियलले स्पेनिस ला लिगाको सोमबार खेलिएको खेलमा लस पाल्मसलाई ३-० गोलले हरायो । रियल अंकतालिकाको तेस्रो स्थानमा छ । यद्यपि सबै टोलीले ११÷११ खेल खेलिसक्दा लिग लिडर बार्सिलोनाभन्दा रियल अझै आठ अंकले पछाडि छ ।

घरेलु मैदानमा खेलिएको तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी लस पाल्मसविरुद्घको खेलमा रियलका लागि पहिलो गोल ४१औं मिनेटमा कासेमिरोले गरेका थिए । खेलको दोस्रो हाफमा रियलले दुई गोल थप्दै जित सहज बनाएको थियो । रियलका लागि दोस्रो गोल ५६औं मिनेटमा मार्को एसेन्सियोले गरेका थिए । ७४औं मिनेटमा इस्कोले अर्को गोल थपेपछि रियलले सजिलै तीन अंक हात पार्‍यो ।

 

 

तालिकाको पहिलो स्थानमा आसीन बार्सिलोनाको ३१ अंक छ । २७ अंकसहित भ्यालेन्सिया दोस्रो र २३ अंकसहित रियल तेस्रो स्थानमा छन् । समान अंक भए पनि रियलसँग गोलअन्तरमा पछि परेको एट्लेटिको म्याड्रिड तालिकाको चौथो स्थानमा छ । २० अंकसहित भिल्लारियल तालिकाको पाँचौं स्थानमा छ भने केवल ६ अंक बटुल्न सकेको लस पाल्मस १९औं स्थान (रेलिगेसन क्षेत्र) मा छ ।

रियल यसअघि लगातार दुई खेलमा पराजित भएको थियो । यसअघि स्पेनिस ला लिगामा रियललाई गिरोनाले हराएको थियो भने च्याम्पियन्स लिगमा पनि रियलले टोट्टनहामसँग हारको स्वाद चाखेको थियो । लगातार दुई खेलमा पराजित भएपछि साबिक विजेता रियलले आफ्नै समर्थकको चर्को आलोचना खेप्नु परेको थियो । ‘टोलीको गुमेको आत्मविश्वास फर्काउन यो जितले महत्वपूर्ण योगदान गरेको छ’, खेलपछि रियलका अनुभवी डिफेन्डर सर्जियो रामोस भन्छन् ।

सोही राति भएको अर्को खेलमा रियल सोसिएडाडले घरेलु मैदानमा इबरलाई ३-१ गोलले पराजित गर्‍यो । भिल्लारियलले पनि घरेलु मैदानमै मालागामाथि २-० गोलको जित हासिल गर्‍यो । १७ अंकसहित रियल सोसिएडाड तालिकाको सातौं स्थानमा छ । आठ अंकसहित इबर १७औं स्थानमा आसीन छ भने भिल्लारियलसँग हारेको मालागा केवल चार अंक बटुल्दै २०औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.