वामको किल्लामा कांग्रेसका ‘हेभीवेट’

वामको किल्लामा कांग्रेसका ‘हेभीवेट’

 

सिरहा : जिल्लाको क्षेत्र नं. १ मा वामगठबन्धन र कांग्रेसबीचको चुनावी प्रतिष्पर्धा रोचक हुने भएको छ ।स्थानीय तह निर्वाचनको परिणामलाई आधार मान्दा यो क्षेत्रमा वामगठबन्धन बलियो छ तर कांग्रेसको ‘हेभीवेट’ उम्मेदवारका कारण प्रतिष्पर्धा रोचक हुने भएको हो । कांग्रेसबाट नेता प्रदीप गिरीले प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएका छन् । विगतमा उनले क्षेत्र नं ४ बाट उम्मेदवारी दिने गरेका थिए । यसपटक गिरीले जन्मथलो रोजेका छन् ।

वामगठवन्धनबाट एमालेका केन्द्रीय सदस्य गंगाप्रसाद यादवको उम्मेदवारी परेको छ । राप्रपाका केन्द्रीय सदस्य तथा स्थानीय स्तरमा अत्यन्त लोकप्रिय लगनलाल चौधरी पनि एमालेमा प्रवेशपछि वामगठबन्धनलाई झन फाइदा पुगेको छ । मधेस आन्दोलनको उद्गमस्थल मानिने यस क्षेत्रमा संघीय समाजवादी फोरमबाट पूर्वविना विभागिय मन्त्री राजलाल यादवको उम्मेदवारी परेको छ ।

 

गिरीले राजपाका नेता राजकिशोर यादवका लागि क्षेत्र परिवर्तन गरेको प्रतिक्रिया दिए । यस क्षेत्रमा पर्ने लहान नगरपालिका र सखुवा ननकारकट्टी गाउँपालिकामा स्थानीय तहको निर्वाचन क्षेत्रमा एमालेले जितेको थियो भने भगवानपुर गाउँपालिकामा फोरमले जितेको थियो । दुई गाउँपालिका र एक नगरपालिकामा एमाले र माओवादी केन्द्रले प्राप्त गरेको मत विश्लेषण गर्दा कांग्रेसभन्दा वामगठन्धनको मत दोब्बरको हाराहारीमा पुग्छ । राप्रपाका चौधरीको एमाले प्रवेशले वामगठबन्धको मत बढेको विश्लेषकहरु बताउँछन् ।

कांग्रेसले उम्मेदवारी फिर्ताको अन्तिम क्षणसम्म पनि संघीय समाजवादी फोरम र राजपासंग तालमेल गर्ने भरमग्दुर प्रयत्न गरेको थियो । सिरहाको क्षेत्र नं. १ गिरीको लागि छाडिदिए कांग्रेसले सिरहाको बाँकी ३ क्षेत्रबाट उम्मेदवारी फिर्ता लिई संघीय समाजवादी फोरम र राजपालाई सघाउन पनि पनि तयार भएका थिए।

कांग्रेसका उम्मेदवारहरु उम्मेदवारी फिर्ता लिन निर्वाचन कार्यालयसम्म पुगे तर संघीय समाजवादी फोरमवाट उम्मेदवारी दिएका राजलाल यादवले उम्मेदवारी फिर्ता लिन मानेनन् । फिर्ताको पहलका लागि घर पुगेका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव पनि पनि राजलालले टेरेनन्। पत्रकार अर्जुन थपलिया यो क्षेत्रमा कांग्रेस वामशक्तिबाट तर्सिएको र वामगठबन्धन प्रदीप गिरीको क्षमता र ओजबाट झस्किएको टिप्पणी गर्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.