'कर्मचारीलाई मतदान गर्न दिने बारे आयोग गृहकार्यमा'

'कर्मचारीलाई मतदान गर्न दिने बारे आयोग गृहकार्यमा'

बनेपा: प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा कर्मचारीहरुलाई पनि मतदानको व्यवस्था गर्ने बारे आयोग छलफलमा रहेको बताएका छन्।

निर्वाचनमा खट्ने कर्मचारीलाई मताधिकारबाट बञ्चित गराएको भन्दै आयोगको चौतर्फी आलोचना भइरहेका बेला प्रमुख आयुक्त यादवले सकेसम्म सरकारी कर्मचारीलाई पनि मतदानको व्यवस्था गर्न आफूहरु गृहकार्यमा लागेको जनाएका हुन्।

 

मंगलबार काभ्रेको धुलिखेलमा भएको १७ जिल्लाका मतदाता तथा मतगणना क्षेत्रीय प्रशिक्षण कार्यक्रममा प्रमुख आयुक्त यादवले भने, ‘हाम्रो जोड कोही पनि मताधिकारबाट बञ्चित नहोस् भन्ने नै हो तर केही प्राविधिक कठिनाईका कारण समस्या भएको हो। अहिले निर्वाचन आयोग छलफलमा छ।’

उनले निर्वाचनका बेला राजनीतिक दलहरुले मत किनबेच गर्न सक्ने भन्दै निर्वाचन पर्यवेक्षक र निर्वाचन अधिकृतहरुलाई चनाखो भएर काम गर्न निर्देशनसमेत दिए। यस्तै उनले आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि खटिने कर्मचारीलाई निष्पक्ष भएर काम गर्न निर्देशन दिए। कुनै राजनीतिक दलको आस्थाका आधारमा पक्षपातपूर्ण काम भए कारवाही गरिनेसमेत चेतावनी दिए।

कार्यक्रममा आयोगका प्रवक्ता नवराज ढकालले तीनवटा मतपत्र छाप्नुपर्ने भएपनि कार्यतालिका पुनरावलोकन भइसकेकोले निर्धारित समयम नै निर्वाचन गर्न कुनै समस्या नभएको बताए।

प्रशिक्षणमा काभ्रे, दोलखा, सिन्धुपाल्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, रसुवा, धादिङ्ग, नुवाकोट, रौतहट, पर्सा, चितवन, सोलुखुम्वु, खोटाङ, ओखलढुगा, रामेछाप र सिन्धुलीका गरी ८१ जना मतदान तथा मतगणना अधिकृतहरु सहभागि छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.