निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता

निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता

रसुवाः आगामी मंसिर १० गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रचारप्रसारमा बालबालिका सहभागी नगराउने दलहरुn] प्रतिवद्धता जनाएका छन्।

प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलका अनुसार लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धलगायत अन्य दलका प्रतिनिधि तथा तिनका उम्मेदवारसँगको छलफलमा यस्तो सहमति भएको हो।

निर्वाचन प्रचारको गतिविधिमा जिल्ला बाहिरका मानिस नल्याउने र मदिरा विषेध गर्ने र निर्वाचन आचारसंहिता पूर्णरूपले पालन गर्दै जानेमा पनि दलहरू प्रतिबद्ध भएको प्रजिअ पौडेलले बताए।

सर्वदलीय बैठकमा प्रतिनिधिसभाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहन आचार्य, नेका पार्टी सभापति पेम्बा छिरिङ तामाङ, नेकपा (एमाले) का पार्टी सचिव विजय लामा, माओवादी केन्द्रका प्रतिनिधि माधव लामिछाने, नयाँ शक्ति पार्टी प्रतिनिधि दिनेश तामाङले यस्तो प्रतिवद्धता जनाएका हुन्।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार ७०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्न तयारी भइसकेको र आवश्यकताअनुसार बाहिरी घेरामा नेपाली सेना समेत परिचालन हुने छन्।

जिल्लाको पाँच गाउँपालिकाअन्तर्गत ३४ स्थानमा ४५ मतदान केन्द्र रहने भएकामा एक अति संवेदनशील २१ संवेदनशील र १२ मतदान केन्द्र सामान्यमा सूचीकृत गरिएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.