पम्फा भुसालको चुनाव क्षेत्रमा वाम गठबन्धनको कार्यकर्ता भेला

पम्फा भुसालको चुनाव क्षेत्रमा वाम गठबन्धनको कार्यकर्ता भेला

ललितपुर : माओवादी केन्द्रकी प्रवक्ता एवम् वाम गठबन्धनको तर्फबाट ललितपुर ३ की प्रतिनिधिसभा उम्मेदवार पम्फा भुसालको क्षेत्रमा अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ।ललितपुर ३ अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा ३ (ख) अन्तर्गत वाम गठबन्धनले अगुवा कार्यकर्ता भेला गरेको हो।

कार्यक्रममा वामगठबन्धनको पक्षमा एकमत पनि बदर नहुने गरी निर्वाचनलाई पर्वको रुपमा अगाडि बढाउन स्थानीय कार्यकर्तालाई अनुरोध गरिएको छ। कार्यक्रमको प्रमुख अतिथि ललितपुर क्षेत्र ३ की उम्मेदवार भुसालले लोकतन्त्र वामपन्थी गठबन्धनको मुद्दा भएकाले गठबन्धनका उम्मेदवारलाई भारी मतले जिताउन अपिल गरिन्।

‘समावेशी लोकतन्त्र वामपन्थीको मुद्दा हो, देशको विकासका लागि वामपन्थी गठबन्धनका उम्मेदवारलाई मतदान गर्न सबैलाई प्रेरित गर्नुहोस्,’ भुसालले कार्यकर्ता भेलामा भनिन्, ‘परिवर्तनको नेतृत्व वामपन्थीबाहेक अरुले गर्न सक्दैनन्।’ वाम तालमेल चुनावी मात्र नभएर दीर्घकालीन भएको भुसालको भनाइ छ। ‘वाम गठबन्धन बृहत् कम्युनिस्ट पार्टी निर्माणका लागि हो’, भुसालले भनिन्, ‘वाम गठबन्धनले बहुमत ल्याएपछि देशले मुहार फेर्छ।’

वाम गठबन्धन बनेपछि च्याउसरी उम्रिएका राजनीतिक दल दुई चार दलमा खुम्चिने दाबी समेत भुसालले गरेकी छिन्। ‘गठबन्धनले स्पष्ट बहुमत ल्याएपछि नेपाल स्वाधिन राष्ट्र बन्ने छ’, भुसालले थपिन्, ‘अब देशमा दुई वा तीन मात्र पार्टी बन्नेछन्।’ ललिपुर जिल्ला वामपन्थीको लालकिल्ला रहेको भन्दै उनले अब लालकिल्लालाई सुन्दर बनाउने जिम्मेवारी आएको बताइन्। ‘ललितपुर कम्युनिस्टको लालकिल्ला हो भन्नेकुरा प्रमाणित गर्न तपाईंहरुले वाम गठबन्धनका सबै उम्मेदवारलाई स्पष्ट बहुमत दिनु आवश्यक छ’, भुसालले भनिन्।

भेलाले माओवादी केन्द्रका प्रदेश समानुपातिक उम्मेदवार मन्जली शाक्य संयोजकत्वको ११ सय ११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। कार्यक्रममा माओवादी केन्द्र ललितपुर जिल्ला इन्चार्ज हरि दाहाल, एमाले जिल्ला अध्यक्ष हरिकृष्ण ब्याञ्जनकारले सम्बोधन गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.