पैसा बाँड्नेलाई हराउनुहोस् : बिजुक्छे

पैसा बाँड्नेलाई हराउनुहोस् : बिजुक्छे

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मतको लागि पैसा बाँड्ने र डरत्रास तथा धम्की दिने गुण्डा शैलीका उम्मेदवारलाई हराएर सजाय दिनुपर्ने बताएका छन्। रुसी अक्टोबर क्रान्ति सफल भएको शतवार्षिकीको अवसरमा नेमकिपाले मंगलबार भक्तपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले एकपटक चुनाव हारेपछि पैसा बाँड्ने तथा गुण्डा शैलीका व्यक्ति पुनः उम्मेदवार बन्न आँट नगर्ने बताएका हुन्।भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मतको लागि पैसा बाँड्ने र डरत्रास तथा धम्की दिने गुण्डा शैलीका उम्मेदवारलाई हराएर सजाय दिनुपर्ने बताएका छन्। रुसी अक्टोबर क्रान्ति सफल भएको सय दिन पूरा भएको अवसरमा नेमकिपाले मंगलबार भक्तपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले एकपटक चुनाव हारेपछि पैसा बाँड्ने तथा गुण्डा शैलीका व्यक्ति पुनः उम्मेदवार बन्न आँट नगर्ने बताएका हुन्।

नयाँ पुस्तालाई आफ्नो चुनाव क्षेत्र हस्तान्तरण गरेर वाहवाही पाएका नेता बिजुक्छेले कांग्रेस, एमाले र माओवादी भारतीय दलाल पार्टी भएको आरोप लगाए। करिब आधा घन्टाको मन्तव्यमा अधिक समय कांग्रेस, एमाले र माओवादी पार्टी तथा त्यसका नेताहरुको आलोचना गरेका उनले महेश बस्नेतको नाम नलिइकनै वाम गठबन्धनले ‘गुण्डा’ र आपराधिक चरित्रका व्यक्तिलाई भक्तपुर क्षेत्र नं २ मा उम्मेदवार उठाएको बताए।

भारत र अमेरिकामा गुण्डा, अपराधीहरुले चुनाव जिते पनि नेपालमा नजित्ने जिकिर गर्दै अध्यक्ष बिजुक्छेले भने, ‘गुण्डा र अपराधीहरुलाई चुनावमा उठाउने पार्टीहरुविरुद्ध नेमकिपाको राजनीतिक संघर्ष जारी छ। हाम्रो संघर्ष भनेको उनीहरुलाई चुनावमा पराजित गर्नु हो।’

उनले भक्तपुरबाटै नेमकिपाले जीतको लहर देशभर फैलाउने ठोकुवा गरे। कार्यक्रममा भक्तपुर क्षेत्र नं १ र २ का उम्मेदवारद्वय क्रमशः प्रेम सुवाल र अनुराधा थापामगरले देश जोगाउन नेमकिपाले जित्नुपर्ने बताए। त्यस्तै नेमकिपाका भक्तपुरका चार प्रदेशमा उम्मेदवारहरु सरोजराज गोसाईं, प्रेमजन थापा, सुरेन्द्रराज गोसाईं र निरज लवजूले पनि नेमकिपाका उम्मेदवारहरुलाई जिताउन आह्वान गरे।

भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर परिसरमा भएको सभाअघि कमलविनायक र सूर्यविनायकबाट छुट्टाछुट्टै जुलुस प्रदर्शन गरिएको थियो। जुलुसका सहभागीहरुले कम्युनिष्ट नेताहरु कार्ल माक्र्स, फेडरिक ऐंगेल्स, लेनिन, स्तालिन र माओ त्सेतुङको फोटोसमेत बोकेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.