नेपाली सेना पूर्वी रुकुम पुग्यो

नेपाली सेना पूर्वी रुकुम पुग्यो

रोल्पा :  कान्छो जिल्ला पूर्वी रुकुममा मंगलबार नेपाली सेना पुगेको छ । पाँच नम्बर प्रदेश अन्तरगत पर्ने पूर्वी रुकुममा खड्क दलको गुल्म पुगेको हो । नेपाली सेनाका सहायकरथी एवं प्रवक्ता नयनराज दाहालका अनुसार छिमेकी जिल्ला रोल्पाको लिबाङमा रहेको खड्क दल गणबाट सेना त्यहाँ पुगेको हो ।

केही साताअघि उद्घाटन गरिएको पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटमा सेना हेलिकोप्टरबाट पुगिसकेको छ । ‘चुनावी सुरक्षा प्रयोजनका लागि सेना पठाइएको हो ।' नेपाली सेनाका सहायकरथी दाहालले अन्नपुर्णसँग भने, ‘अस्थायी रुपमा व्यारेक वनाएर वस्छ ।'

पश्चिम रुकुम ६ नम्बर प्रदेशमा रहेको छ । साविक रुकुमको सदरमुकाम खलंगामा सेनाको गण भएपनि पुर्वी रुकुम ५ नम्बर प्रदेश अन्तरगत पर्ने भएकाले लिबाङबाट सेना पठाइ एको नेपाली सेनाले जनाएको छ । नयाँ जिल्ला स्थापना भएपछि नेपाली सेनाको ४ नम्बर वाहिनी नेपालगञ्जले हेर्ने निश्चित भइसकेको छ । कुन गण वा गुल्म स्थायी रुपमा पूर्वी रुकुममा पठाउने भन्ने बारे बाहिनीले टुंगो लगाएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै गएकाले सुरक्षा व्यवस्थाका लागि खड्क दलबाट सेना पुगेको हो ।

मंगलबार दिनभर पटक/पटक हेलीकोप्टरबाट सेना त्यहाँ पुर्‍याएको थियो । पाँच नम्बर प्रदेश अन्तरग पूर्वी रुकुम र रोल्पामा मंसिर १० गते चुनाव हुँदैछ । माओवादी गढ मानिदै आएका यी दुई जिल्लामा सुरक्षाको राम्रो प्रबन्ध गरिएको सुरक्षा स्रोतले जनाएको छ । पूर्वी रुकुममा चुनबाङ पनि पर्दछ । कमल दहका नजिकै रहेको कान्छो जिल्लाको सदरमुकाममा सेना पुगेपछि स्थानीय खुशी भएका छन् ।

स्थानीय तहको निर्वाचनमा पूर्वी रुकुमका तीनवटै स्थानीय तह माओवादी केन्द्र विजयी बनेका थियो। रोल्पाका थबाङसँग सिमान जोडिएको पूर्वी रुकुम सदरमुकाममा सरकारी निकाय खडा गरिएपनि भवन अभावले सेवा प्रभावमा कठिनाई भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.