फुटबल प्रशिक्षक कुमारलाई युरोपमा महत्वपूर्ण अवसर

फुटबल प्रशिक्षक कुमारलाई युरोपमा महत्वपूर्ण अवसर

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी एवं महिला टोलीका प्रशिक्षक कुमार थापाले युरोपमा फुटबल व्यवस्थापनसम्बन्धी कोर्समा सहभागी हुने अवसर पाएका छन् । युरोपियन फुटबल महासंघ (यूईएफए) ले सञ्चालन गर्ने फुटबल व्यवस्थापनसम्बन्धी स्नातकोत्तर (एमए) स्तरको यो कोर्स दुई वर्षसम्म चल्नेछ । यही नोभेम्बर १३ तारीखबाट सुरु हुने उक्त कोर्स सन् २०१९ को नोभेम्बर १४ तारिखमा सकिनेछ ।

कोर्सका लागि कुमार १० तारिखमा स्विट्जरल्यान्ड प्रस्थान गर्नेछन् । उक्त कोर्स स्विट्जरल्यान्ड, फ्रान्स, इङ्ल्यान्ड, स्पेन, नेदरल्यान्ड, जर्मनी र अमेरिकामा सञ्चालन हुने जानकारी मंगलबार आयोजित पत्रकारसम्मेलनमा कुमारले दिए । कुमार उक्त कोर्सका लागि छनोट हुने एक्लो एसियाली खेलाडी हुन् । कोर्सको समापनपछि सहभागीले परीक्षा पनि दिनुपर्ने हुन्छ ।

 

उक्त कोर्समा विश्वका विभिन्न देश र क्लबबाट २५ जनाको सहभागिता रहने जानकारी पनि कुमारले दिए । उनले फुटबलमा लागेका कारण पाएको यो उपलब्धि आफ्ना लागि निकै महत्वपूर्ण भएको बताए । यो कोर्समा सिकेर आएको ज्ञानलाई आफूले नेपाली फुटबलको विकासमा लगाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

कोर्सका लागि कुमारले यूईएफएबाट २७ हजार युरो छात्रबृत्ति पनि प्राप्त गरेका छन् । उक्त रकम पर्याप्त नहुने भएकोले उनले खेलकुदसँग सम्बन्धित निकायसँग पनि सहयोगका लागि अनुरोध गरेका छन् । पत्रकारसम्मेलनमा फुटबल विश्लेषक नवीन पाण्डेलगायतले कुमारको यो अभियानलाई सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.