विपक्षीको प्रभाव क्षेत्र तोड्ने कसरत

विपक्षीको प्रभाव क्षेत्र तोड्ने कसरत

 फिदिम : कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार भीष्मराज आङ्देम्बे र प्रदेशसभा सदस्य उम्मेदवार नरेन्द्रकुमार केरुङ एक सातादेखि चुनावी दौडमा सँगै छन् । स्थानीय तह निर्वाचनमा एमालेले जितेका क्षेत्रमा आङ्देम्बे र केरुङको ध्यान केन्द्रित छ ।

 एमालेबाट प्रदेशसभा सदस्य उम्मेदवार गणेश काम्बाङको जन्मस्थानसमेत रहेको याङ्वरक गाउँपालिकामा कांग्रेस उम्मेदवार भोट मागिरहेका हुन् । केरुङ र आङ्देम्बेले स्थानीय निर्वाचनमा एमालेले पकड जमाएको हिलिहाङ र याङ्वरक गाउँपालिकाका मतदाताको ढोका ढकढक्याइरहेका छन् ।

एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बसन्त नेम्बाङ र प्रदेशसभा सदस्य उम्मेदवार काम्बाङले पनि फिदिम नगरपालिका र फालेलुङ गाउँपालिकाका मतदाताको घरआँगन चहारेको एक साता पुगिसकेको छ । स्थानीय निर्वाचनमा यो क्षेत्रबाट कांग्रेस उम्मेदवारले जितेका थिए । कांग्रेस उम्मेदवार केरुङको जन्मस्थान फालेलुङ गाउँपालिका नै भएकाले विपक्षी उम्मेदवार उनको प्रभाव तोड्न लागेका हुन् ।

दुवै गठबन्धनका उम्मेदवारले विपक्षीको प्रभाव क्षेत्रका मतदातालाई फकाएर सहानुभूतिको मत लिने कसरत गरेका हुन् । ‘आफ्नो पकड क्षेत्र त छँदै छ', केरुङले भने, ‘जस्तोसुकै अवस्थामा पनि पकड क्षेत्रका जनताले भोट दिन्छन् । तर, जितलाई सहज बनाउन विपक्षीको पकड क्षेत्र तोड्न जरुरी छ ।'

आङ्देबेले संविधानसभा निर्वाचनमा आफूले जितेको क्षेत्र छाडेर एमालेले जितेको क्षेत्रलाई बढी ध्यान दिएका छन् । ‘सबै क्षेत्रका मतदाताको घरमा पुग्ने योजना छ', उनले भने, ‘यसपटक समय छोटो र ठूलो क्षेत्र भएकाले नयाँ क्षेत्रलाई बढी ध्यान दिएका हौं ।'

निर्वाचन जित्न पार्टी कमजोर रहेका क्षेत्रको मत चाहिएको नेम्बाङको भनाइ छ । भने, ‘विपक्षीको मत तानेरै चुनाव जित्ने हो ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.