मत खरिदबिक्री नहोस् : यादव

मत खरिदबिक्री नहोस् : यादव

बनेपा : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले दलहरूले जनताको मत खरिदबिक्री गर्ने सम्भावना रहेको भन्दै निर्वाचन अधिकृतहरूलाई सतर्क रहन निर्देशन दिएका छन् ।

 धुलिखेलमा मंगलबार प्रशिक्षण कार्यक्रममा प्रमुख आयुक्त यादवले जनमत विनिमय (सट्टापट्टा)को वस्तुझैं हुन सक्ने भएकाले चनाखो भएर काम गर्न निर्देशन दिएका हुन् । आसन्न निर्वाचनमा खटिने कर्मचारी पनि कुनै ट्रेड युनियनसँग आबद्ध भएकाले छनोटमा चनाखो हुन पनि उनले निर्देशन दिए । राजनीतिमा प्रत्यक्ष देखिएका कर्मचारीलाई निर्वाचनमा नखटाउन प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकृतहरूलाई निर्देशनसमेत दिए ।

‘निर्वाचन अधिकृत र कमचारी नियुक्तिदेखि खटनपटनमा नातावाद, कृपावाद भेटिए कारबाही गर्छौं', उनले भने । उनले मतदान अधिकृत र निर्वाचनमा खटिएका कर्मचारीले केही गलत गरे माफी नमिल्ने स्पष्ट पारे । कर्मचारीले पनि भोट हाल्ने व्यवस्था मिलाउन लागेको जानकारी दिँदै उनले सर्वोच्च अदालतको आदेशपछि सम्भाव्यता अध्ययन गरिरहेको सुनाए । ‘सम्मानित अदालतले त्यसबारे सोच्न आदेश दिएको र सोहीअनरूप अदालतको पनि सम्मान हुने गरी व्यवस्था गर्न लागेका छौं', उनले भने, ‘सकेसम्म कर्मचारीलाई मताधिकार दिन प्रयास गर्छौं ।' १-२ दिनमै यसबारे टुंगो लाग्ने उनको भनाइ थियो ।

आयोगका प्रवक्ता नवराज ढकालले तीनवटा मतपत्र छाप्नुपर्ने भए पनि कार्यतालिका पुनरवलोकन भइसकेकाले निर्धारित समयमै निर्वाचन गर्न कुनै समस्या नरहेको बताए । प्रशिक्षणमा काभ्रे, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, धादिङ, नुवाकोट, रौतहट, पर्सा, चितवन, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप र सिन्धुलीका ८१ जना मतदान तथा मतगणना अधिकृत सहभागी छन् । तीन दिन निर्वाचन आचारसंहिता, मतदान व्यवस्थापन र मतदाता शिक्षा प्रशिक्षण दिइने निर्वाचन कार्यालयले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.