कम्युनिष्टको गड भत्काउने दाउमा दोलखा काँग्रेस

 कम्युनिष्टको गड भत्काउने दाउमा दोलखा काँग्रेस

चरीकोट : पटक पटक हार बेहोर्दै आएको नेपाली काँग्रेस दोलखा यो पटक भने कम्युनिष्टको गड भत्काउने दाउमा रहेको छ । २०५१ सालमा क्षेत्र नम्वर १ मा नेपाली काँग्रेसका स्वर्गीय नेता भीमबहादुर तामाङले जिते पछि हालसम्म कुनै पनि क्षेत्रमा जित्न सकेको छैन् ।

 

लामो समय कम्युनिष्टले जिते पनि दोलखाको विकासमा भने सुन्य भएको काँग्रेसीहरुको आरोप । पटक पटकको निर्वाचनमा काँग्रेस भित्रकै नेताहरुको घात र प्रतिघातको कारण हार बेहोरेको काँग्रेस दोलखाले निश्कर्ष निकाल्दै यो पटक सयुक्त रुपमा नेताहरु चुनावी प्रचारमा लागेका छन् ।

काँग्रेसका पुराना नेता एवंम पूर्व पार्टी सभापति उद्धबराज काफ्लेले यो पटक काँग्रेस दोलखाले कम्युनिष्टहरुको गड भत्काउने बताए । नेताहरुको आपसी समझदारीमै यो पटक उम्मेद्धवार छनौट गरेकोले सबै नेता तथा कार्यकर्ताहरु खुसी रहेको समेत जानकारी दिए । पटक पटक कम्युनिष्टलाई दोलखाली जनताले जिताए पनि स्थानीयहरुको आर्थिक अवस्थामा सुधार नआएको, विकासको क्रमले तीव्रता नपाएकोले यो पटक लोकतान्त्रीक गठबन्दनको जित सुनिश्चित रहेको बताए ।

दोलखाको जति पनि विकास भएको छ, काँग्रेसको नेतृत्वमा भएको छ,अबको विकासको लागि पनि काँग्रेसको जित आवश्यक छ, जिल्ला विकास समिति दोलखाका पूर्व सभापति एवंम प्रतिनिधि सभाका उम्मेद्धवार रुद्र बहादुर खड्काले भने । २०४९ सालमा जिल्ला विकास समिति दोलखाको सभापति बने पछि दोलखाको विकासमा ठुलो फड्को मारेको बताए ।

उनले आफू सभापति रहेकै बेला चारवटा ठुला सडकको निर्माण सुरु गरेको जानकारी दिए । मुडेमेलुङ, दोलखा सिँगटी, सिद्धाको थानजुँगु झ्याकु र खावा छौडे सडक रहेको उनले सुरु गरेको जानकारी दिए । हाल सो सडकहरुमा बाह्रै महिना यातायातको साधनहरु सञ्चालन हुने गरेको छ । यस्तै जिल्ला भर ६३ वटा झोलुगेपुल निर्माण गरी स्थानीयहरुलाई आवतजावतमा सहज गराएको, जिल्लाकै पहिलो उच्च मावि जिरी उच्च मावि स्थापनाको लागि जिल्ला विकास समितिबाट ३ लाख रुपैया धरौटी राखेर सञ्चालनमा ल्याएर शिक्षा क्षेत्रमा विकास गराएको बताए ।

यस्तै ०५१ सालमा ११ वटा उच्च माविको स्वीकृती दिएको, सबै तत्कालीन ५१ वटै गाविसमा स्वास्थ्य उपचौकी स्थापना गरीएको, एकसय वटा प्राथथिक विद्यालय स्थापना गरेको बताए। यस्तै पर्यटन क्षेत्रको विकासको लागि शैलुङ क्षेत्रमा राष्ट्रियस्तरबाट सरकारी बजेटको सुरुवात गरेको, प्रमुख धार्मिक स्थल कालिञ्चोक, विगुँगुम्बा, लप्चीलगायतको क्षेत्रको विकासको लागि सहयोग गरेको उल्लेख गरे । यस्तै जिल्ला विकास समितिको आफ्नै कार्यालय निर्माण गरेको, टुडिखेल निर्माण गरी खेल क्षेत्रमा विकास गरेको, सिचाई, खानेपानी लगायत विद्युतीकरणसमेत काँग्रेसकै नेतृत्वमा भएको बताए ।

यस्तै राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्यतु आयोजना निर्माण पनि काँग्रेसकै पहलमा भएको बताए । तत्कालीन प्रधानमन्त्री एवंम पार्टी सभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला, स्व.काँग्रेस नेता भीमबहादुर तामाङ, तत्कालीन अर्थमन्त्री डा.रामशरण महत, तत्कालीन उर्जामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको विषेश पहलमा तामाकोशी आयोजना निर्माण भएको जानकारी दिदै तामाकोशी ३ को काम पनि एमाले र माओवादीकै कारण काम सुरु हुन नसकेको आरोप लगाउदै काँग्रेसको नेतृत्वमा सरकार बनेपछि अवरुद्ध जलविद्युत आयोजनाहरुको निर्माण कार्य अघि बढ्ने समेत बताए ।

काँग्रेसको नेतृत्वमा जिल्लाको विकास धेरै भए पनि प्रचार प्रसारमा कमी भएकोले जनताले नबुझेको बताउदै यो पटक जनताले विवेक पुर्‍याउनेमा आफू विश्वस्त रहेको नेपाली काँग्रेस दोलखाका नेता एवंम नेविसघका महामन्त्री कुन्दनराज काफ्लेको भनाई छ । उनले अहिले पनि तामाकोशी ३ को लाइसेन्सन विनाप्रतिस्पर्धा माओवादी नेता, तत्कालिन उर्जामन्त्री एवंम विना विभागीय मन्त्री महेन्द्र बहादुर शाहीले बेचेको आरोप लगाउदै कम्युनिष्टहरु विकास विरोधी रहेको प्रतिक्रिया दिदै यो पटक कम्युनिष्टको गड भत्कने बताए ।

नेपाली काँग्रेस दोलखाले प्रतिनिधि सभाको लागि पार्टी सभापति रुद्र बहादुर खड्का, प्रदेश सभाका लागि क्षेत्र नम्बर १ मा बर्मा लामा र क्षेत्र नम्वर २ मा केशवराज चौलागाईलाई उम्मेद्धवगार बनाएको छ । यी सबै मतदाताहरुको लागि नयाँ अनुहार हो ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.