हतियार बुझाउन प्रशासनको उर्दी

हतियार बुझाउन प्रशासनको उर्दी

बर्दिया: आगामी मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्लामा अनुमति लिएर राखिएका वैध हतियारहरु बुझाउन जिल्ला प्रशासन कार्यालय बर्दियाले उर्दी जारी गरेको छ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित एवम् सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न व्यक्तिहरुसँग रहेको सम्पूर्ण वैध हतियारहरु नजिकको प्रहरी चौकीहरुमा बुझाउन सूचना जारी गरिएको छ।

‘निर्वाचन सम्पन्न नभएसम्मको लागि घरघरमा भएका हतियार सुरक्षितसाथ सुरक्षा निकायमा राख्नुपर्ने भएकाले हामीले वैध हतियारहरु मागेका हौं’, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले भने, ‘निर्वाचन सम्पन्न भएपश्चात हतियार फिर्ता हुन्छ।’

निर्वाचन सुरक्षाका दृष्टिकोणले बर्दियामा ५७ वटा अतिसंवेदनशील, ४२ वटा संवेदनशील र ५४ वटा सामान्य मतदानस्थल सुरक्षा समितिले बर्गिकरण गरेको प्रजिअ भट्टराईले बताए। भारतसँगको खुला सिमाना, मतदान स्थलको दुरी लगायत विविध गतिविधिको आधारमा सुरक्षा वर्गिकरण गरिएको जनाइएको छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.